मान्छे मारेर गाडे, शव निकालेर त्यो खाल्डोमा भैंसी मारेर गाडे, मान्छेको शव जंगल पुर्याए
3:14 AM
स्याङ्जा, २५ माघ - स्याङ्जामा एक व्यक्तिको हत्या गरि गाडिएको अवस्थामा शव फेला परेको छ । माघ २२ गते एक पुरुषको हत्या गरेर गाडेको अभियोगमा स्याङजा आरुचौर–४ का सञ्जय भनिने तिलक बिक सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका मुख्य अभियुक्त तिलकले पुस २७ गते नाम थर र वतन नखुलेका हिमाली भेगबाट जडिबुटी बेच्न आएका ४५ बर्षीय एक व्यापारीको हत्या गरेका अभियोग छ । स्थानीय शोभाखर विकको घरमा बास बसेका बेला धारिलो हतियारले हानेर उनको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्याका मुख्य अभियुक्त तिलकलाई सघाउने अन्य ११ जना पनि पक्राउ परेका स्याङ्जाका प्रहरी नायव उपरीक्षक विरबहादुर पुलामीले जानकारी दिए ।
घर छेउमै गाडेको शव निकालेर भैंसीको पाडो गाडियो
उनीहरुले सुरुमा शव घर नजिकैको बारीमा खाडल खनेर पुरेका थिए । स्थानीय र प्रहरीले शंका पाउने डरले खाडलमा पुरेको शव उनीहरुले निकाले । माघ ७ गते उक्त खाडलबाट शव निकालेर त्यहाँ चार महिनाको भैंसीको पाडो मारेर पुरिदिए । पुरुषको शव घरदेखि ५ घण्टा पैदल दुरीमा पर्ने अर्जुन चौपारी गाविस–५ सिमलचौर घट्टेबथान सामुदायिक वनमा लगेर बोरा र प्लाष्टिकले बेरेर गाडिदिए ।
प्रहरी नायव उपरीक्षक पुलामीका अनुसार पुरुषको शव निकालिएको छ र १२ जना अभियुक्तहरु प्रहरी नियन्त्रणमा छन् । जडिबुटीको व्यापार गर्ने पुरुषसँग भएको नगद र जिन्सि लुट्न उनीहरुले हत्या रचेको पुलामीले बताए ।

0 comments