स्कुल हिँडेकी सविनालाई स्कूल बसले नै किच्यो

4:56 AM

२६ माघ, रूपन्देही । पाल्पाको कुसुमखोलामा स्कुल बसले किच्दा कक्षा २ मा अध्ययनरत बालिकाको मृत्यु भएको छ ।

हार्थाेकबाट बतासे जाँदै गरेको लु १ क ११२० नम्बरको बिएम बोर्डिङ स्कुलको बसले कसुसुमखोला ८ गोहादीकी ८ वर्षीया सबिना बगालेलाई किचेको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको छ । कालिका माबि बतासे पाल्पामा अध्ययनरत उनी यमबहादुर बगालेकी छोरी हुन् ।
घटनापछि आक्रोशित स्थानीयबासीले बाटो अवरुद्ध पारेका छन् । बाटो खुलाउने प्रयास भइरहेको क्षेत्रिय ट्राफिक प्रहरी कार्यालय बुटवलले बताएको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images