नारायणमान विजुक्छेको कार्यक्रममा मोर्चाको अवरोध, ५० भन्दा बढी कार्यकर्ता पक्राउ (भिडियो सहित)

6:48 AM

राजविराज, २८ माघ, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको कार्यक्रममा मधेशी मोर्चाका कार्यकर्ताहरुले अवरोध पुर्याएका छन् । किसान संघको महाधिवेशन उद्घाटन गर्न आज सप्तरीको राजविराजमा पुगेका विजेक्छेलाई कालो झण्डा देखाउँदै मोर्चाका कार्यकर्ताले अवरोध गरेका हुन् ।  मोर्चाका कार्यकर्ताले महाधिवेशन आयोजना स्थलमै प्रवेश गरेर नाराबाजी सहित विजुक्छे विरुद्ध कालो झण्डा देखाएका छन् । उनीहरुलाई हटाउन प्रहरीले बल प्रयोग गरेको र सो क्रममा ५० भन्दा बढी कार्यकर्ता पक्राउ गरेको मोर्चाका कार्यकर्ताले जनाएका  छन् ।



You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images