जेल सजाय पाएका आप्रवासिहरुलाई अमेरिकाले फिर्ता पठाउन थाल्यो
6:01 PM
अमेरिकी सरकारले बिभिन्न अपराधमा संलग्न भई एक बर्ष भन्दा बढि जेल सजाय पाएका अबैधानिक आप्रवासिहरुलाई देश निकाला कार्य सुरु गरेको छ। बिहिवार देखि अमेरिकाका बिभिन्न सहरहरुमा कागज पत्र नभएका अपराधिक क्रियाकलापमा संलग्न आप्रवासिहरुलाई निवास वा काम गरिरहेको स्थलबाट पक्राउ गरिएको अधिकारीहरुले बताएका छन्।
अमेरिकाको अध्यागमन तथा भंसार नियमन संस्था आईसिईका अधिकारीहरुले यो काम राष्ट्रिय सुरक्षाका लागि नियमित कायक्रम भएको प्रतिक्रिया दिएका छन्। उनिहरुका अनुसार यस्तो काम पहिलेका राष्ट्रपतिहरुको पालामा पनि भएको थियो।
आईसिई कि प्रवक्ता भर्जिनिया काइसले देशको कानुनलाई नियमित रुपमा कार्यान्वन गरि रहेको अवस्थालाई पत्रकार र अधिकारकर्मीहरुले अतिरञ्जित बनाएको, गलत समाचार प्रसारण गरि डर त्रासको स्थिति पैदा गरेको आरोप लगाएकी छन्।
प्रवक्ताले काइसले भनेकि छन् ‘हाम्रो अहिलको अभियान समुदायकालागि खतरा व्यक्तिहरु माथि केन्द्रित छ। हामिले नियमित कार्यक्रम अनुसार अपराधिक समुहका सदस्यहरु, बाल यौन दुराचारी, लागु औषध कारोबारमा संलग्न बिदेशी जो देश निकाला गरिनु पर्ने अभियुक्तहरु हुन, तिनिहरु माथिको कारबाहि अगाडी बढाएका हौ।’
यद्यपि अधिकारकर्मिहरु र जानकारहरुले यो नियमित कार्यक्रम नभई राष्ट्रपति ट्रम्पको आप्रवासि प्रति अनुदार नितिको परिणाम भएको बताएका छन। देशका बिभिन्न सहरहरुमा आईसिईका एजेन्टहरुले आप्रवासिहरुलाई पक्राउ गरिरहेका छन्। यो एक प्रतिशोधको कारबाहि भएको डेमोक्राटिक पार्टिका प्रतिनिधि राउल ग्रीजाल्भाको बुझाई छ।
यस्तो धरपकड विशेषगरि क्यालिर्फोनिया, एरिजोना र जर्जिया राज्यमा भईरहेको अमेरिकन समाचार एजेन्सिहरुले बताएका छन। सोमवार देखि शुक्रवार सम्म गरिएको उक्त धरपकडमा करिब १ सय ६० जनालाई पक्रेर कारवाहि गरिएको छ। जस मध्ये ३७ जनालाई अमेरिकाबाट देश निकाला गरिएको अधिकारीहरुले बताएका छन्।
आईसिइको रिर्पोट अनुसार सन् २०१६ मा २ लाख ४० हजार भन्दा बढिलाई देश निकाला गरिएको थियो।

0 comments