देउवाद्वारा सरकार छोड्ने चेतावनी : देउवा र निधिबीच तनाव

3:10 AM

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधिबीच प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी विषयलाई लिएर गम्भीर मतभेद पैदा भएको खबर आजको घटना र विचार साप्ताहिकमा छ ।
निधि गत साता नै आइजीपी नियुक्तिसम्बन्धी प्रस्ताव मन्त्रीमण्डलको बैठमका प्रस्तुत गरी निर्णय गराउन चाहानुहुन्थ्यो ।आफ्ना सचिव लोकदर्शन रेग्मीलाई आइजीपी नियुक्तिसम्बन्धी प्रस्ताव तयार गर्न आदेश दिनुहुंदा गृहसचिव रेग्मीले कसको नाम राखेर प्रस्ताव बनाउने भनी जिज्ञासा राखेको र निधिले बरियताक्रममा अगाडि रहेका नवराज सिलवाललाई नियुक्ति गर्न प्रस्ताव तयार गर्न भन्नुभएको थियो । तर सचिव रेग्मीले सिलवाललाई नियुक्त गर्न नसकिने भन्दै प्रस्ताव तयार गर्न मानेन् ।
निधिले गत बिहीबार पार्टी सभापति शेरबहादुर देउवासँग भेटी नवराज सिलवाललाई आइजीपी बनाउन प्रस्ताव गर्नुभएको थियो । देउवा त्यस कुरामा सहमत हुनुभएन । बरु भननुभयो ‘देशमा यो बर्ष चुनाव गराउनुपर्नेछ, त्यसैले नवराज सिलवाललाई आइजीपी बनाउने पक्षमा म छैन ।’ कुरा सुनेपछि झोक्निुभएका निधिले ‘त्यसो भए म गृहमन्त्रीबाट रजीनामा दिन्छु’ भन्नुभएको बुझिएको छ । तर देउवाले आफ्नो अडान बदल्नुभएन ।
देउवाले सिलवाललाई आइजीपी नियुक्त गरे आफू कुनै पनि कदम चाल्न बाध्य हुने भनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गत आइतबार माघ २३ गते चेतावनी दिनुभएको छ । नियुक्तिमा अन्यथा भए सरकार छाड्ने चेतावनी पनि देउवाले दिनुभएको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images