REALITY:नेपाली विद्यार्थी जापान पढ्नका लागी मात्रै आएका हुन् त ?
10:32 PMधेरैजसो विद्यार्थी थ्रि डी अर्थात फोहोर, जोखिमपूर्ण र तल्लो स्तरको काम गर्छन् !
जापान,(टोकियो)।बेलुकाको ५ः२० बजे फुकुओका सहरको रेल स्टेसनअगाडि पहिलो माइक्रोबस आइपुग्यो। ‘ओहायो!’ मानिसहरुले भारी विदेशी लवजसहितको जापानी भाषामा बिहानको अभिवादन गरे। साढे ६ सम्ममा जम्मा ८ ओटा बस आइपुगे। ती बसले ल्याएका करिब दुई सय यात्रुमध्ये धेरैजसो नेपाली र भियतनामीहरु थिए, जो विभिन्न जापानी स्कुलमा पढ्थे। ती सबै चौबीसै घण्टा चल्ने कुरियर कम्पनी वा लञ्च बक्स कारखानामा पार्टटाइम कामका लागि जाँदै थिए।
एउटा बस चाहिँ एक ठूलो कुरियर कम्पनीको वितरण केन्द्रमा पुगेर रोकियो। २३ वर्षीय विकासले बसबाट ओर्लिएर हाजिरी गरे। कालो सेफ्टी जुत्ता र हेलमेट लगाइसकेपछि उनी पार्सल उठाएर कन्भेयर बेल्टमा राख्न थाले। ‘यो कारखाना म बिना राम्ररी चल्दैन, किनभने यहाँ सबै सिस्टम जानेको मान्छे म मात्रै हुँ,’ उनी भन्छन्।
उनी ४ हजार भत्तासहित मासिक १ लाख २० हजार जापानी येन कमाउँछन। साथीहरुलाई काम सिकाउने अतिरिक्त जिम्मेवारीका कारण उनलाई थप भत्ता दिइएको हो। राती कामको अत्याधिक चाप हुन्छ। कामदारमध्ये ८० प्रतिशत विदेशी छन्। तिनीहरुमध्ये सबैभन्दा ठूलो संख्या नेपालीहरुको छ र ती सबै विद्यार्थी हुन्। एउटा रेफ्रिजेरेटर, टिभी वा साइकलको बाकस २० केजीभन्दा बढी तौलको हुन्छ। विकासको टोलीले एक घण्टामा २ हजारभन्दा बढी त्यस्ता बाकस उठाउनु पर्छ।
अर्को बस फुकुओकास्थित लञ्च बक्स कारखानातर्फ लाग्यो। सेतो मास्क, टोपी र बर्दी लगाएका ४० जना जति कामदार कन्भेयर बेल्टको नजिक लाइन लागेर भात, तरकारी, अचार लञ्च बक्समा राख्न थाले। ती चालीसै कामदार नेपाली थिए। कारखानाका ८ सय कामदारमध्ये ६० प्रतिशत विदेशी छन्। कारखानाको नियमहरु अनुवाद गरेर नेपालीमा उपलब्ध गराइएको छ। कामदारका नेतामध्ये एक, २५ वर्षीय रामले गत अप्रिलमा कुमामोतो भूकम्पपछि दिन र रात दुवै सिफ्टमा काम गर्नुपरेको थियो। भूकम्पपछि प्रभावित क्षेत्रका मानिसकहाँ लञ्चबक्स पठाउन कारखाना पूर्ण क्षमतामा चलाउन सरकारले आग्रह गरेको थियो। तथापि ठूलो मात्रामा राहत सामग्री उपलब्ध गराउन विदेशी श्रमिकले पनि योगदान दिएका छन् भन्ने कुरा कमै जापानीलाई मात्र थाहा छ।
काउन्टरभित्र २८ वर्षीय एक चन्द थरका नेपाली विद्यार्थी बटुकोमा सोय सस खन्याउँदै कराउँछन्, ‘सुपसहितको एउटा चाइनिज नुडल, सुप कडा!’ उनी चाइनिज नुडल रेस्टुरेन्टमा साताको चार दिन काम गर्छन्। बिहान नौ बजेदेखि दिउँसोसम्म फुकुओका सहरको एक जापानी भाषी स्कुलमा पढछन्, रेष्टुरेन्टमा साढे एकदेखि साँझ साढे आठसम्म काम गर्छन् र एक स्टोरमा बेलुका १० बजेदेखि बिहानसम्म पार्टटाइम काम पनि गर्छन्। दुवै कामबाट उनी मासिक २ लाख येन कमाउँछन्। यद्यपि विद्यार्थी भिसामा जापान आएकालाई सरकारले साताको २८ घण्टा मात्रै काम गर्ने अनुमति दिएको छ। चन्द भन्छन्, ‘काठमाडौँमा एउटा टावर खडा गर्न पुग्नेजति पैसा कमाउन म लागिपरेको छु। त्यसबेलासम्म म जापानमै बस्न चाहन्छु।’ भिसाको म्याद सजिलै लम्ब्याउनका लागि उनी तीन फरक पासबुक राख्छन्।
‘जापानमा रहेका ९० प्रतिशत विदेशी विद्यार्थी २८ घण्टाको कार्यअवधिलाई मान्दैनन्,’ पूर्व विद्यार्थी महत भन्छन्। उनका अनुसार विदेशी विद्यार्थीले एक दिनमा तीन फरक स्थानमा काम गर्नु अनौठो होइन। यसरी कामदार विद्यार्थीको संख्या बढ्नुको एउटा कारण स्थानीय दलालहरु नेपालसम्म पुग्नु र अर्कोतिर जापानी आप्रवासन कार्यालयमा जनशक्तिको अभाव हुनु हो।
गत १७ अक्टोबरमा एक नेपाली विद्यार्थीलाई जापानीभाषी स्कुलले सजायस्वरुप जापान छोड्न बाध्य बनायो। २७ वर्षका नेपाली थरका ती विद्यार्थी निराश भएर फुकुओका विमानस्थलबाट नेपाल फर्किए। फुकुओकाको एक प्राविधिक स्कुलले उनलाई नेपाल जाने एकतर्फी टिकट हातमा थमायो। २५ अक्टोबरमा पार्टटाइम कामबाट पाइने तलबबाट टिकटको ९२ हजार ३ सय १० येन रकम तिर्न उनले बैंक चेक त्यहीँ छोड्नुप¥यो।
दक्षिणी चितवनस्थित आफ्नो घरतिर लाग्दैगर्दा उनले असन्तुष्टि जनाए, ‘म निकै स्तब्ध छु। अचानक मलाई निकाला गर्नु कठोर कदम हो।’
साथीहरुसँग रक्सी पिएर हल्ला गरेको रिपोर्ट प्रहरीले स्कुलमा गराएपछि उनलाई निकाला गरिएको थियो। उनका साथीले उनी दैनिक स्कुल जाने र मेहनती भएको बताइरहँदा स्कुलले भने पटकपटक उनका बारेमा गुनासो आएपछि बाध्य भएर निकाला गर्नुपरेको बतायो। केही विद्यार्थीको भनाइमा नेपाली विद्यार्थीलाई बलिको बोको बनाइएको पनि हुनसक्छ। किनभने योभन्दा निकै जघन्य अपराधमा मुछिएका अरु देशका विद्यार्थीलाई त्यहाँबाट निकाला गरिएको छैन।
घर फर्केपछि नेपाली पूरै बदलिए। डिप्रेसनले उनको स्वास्थ्य कमजोर भयो। नियमित औषधी सेवन गर्नुपर्ने भयो। उनको तौल घटयो र कुनै काम खोज्ने जाँगर पनि म¥यो। हाल उनी लहनतहन काम गरेर घरमै दिन बिताउँछन्।
जापानी भाषा स्कुलहरुमा अत्याधिक विद्यार्थी संख्याको कारण कक्षाकोठा बेहाल हुनु अनौठो नरहेको ती स्कुलसँग सम्बन्धित स्रोतले जनायो। थुप्रै विद्यार्थी डेस्कमै निदाइरहेका हुन्छन् भने अरु स्मार्टफोनमा इयरफोन लगाएर फिल्म हेरिरहेका हुन्छन्। परीक्षामा चोरी गर्नु सामान्य कुरा भइसकेको छ। अलिअलि मात्रै जापानी भाषा जान्ने विद्यार्थीले पनि परीक्षामा शतप्रतिशत अंक हासिल गर्छन्। एक प्राविधिक स्कुलका शिक्षक व्यंग्यपूर्वक मुस्कुराउँदै भन्छन्, ‘उनीहरु यहाँ आएका छन् तर पढनका लागि होइन।’
नक्कली शरणार्थीका लागि आवेदन
२०१४ मा २९ वर्षका सन्तोष फुकुओका सहरको काम छोडेर बुलेट रेल चढेर टोकियो हान्निए। त्यसको तीन महिनापछि उनी गुन्मा प्रान्तको पूर्वी भागमा पुगे। छ महिनापछि सन्तोष अर्का एक नेपाली पूर्व विद्यार्थीसँग एउटै कोठामा बस्न थाले र नजिकैको एक कारखानामा काम गर्न थाले। सो काम गर्न थालेको २ वर्ष बितिसकेको छ। ‘सम्भव भएसम्म म जापानमै काम गर्न चाहन्छु,’ उनी भन्छन्।
२०१४ मा २९ वर्षका सन्तोष फुकुओका सहरको काम छोडेर बुलेट रेल चढेर टोकियो हान्निए। त्यसको तीन महिनापछि उनी गुन्मा प्रान्तको पूर्वी भागमा पुगे। छ महिनापछि सन्तोष अर्का एक नेपाली पूर्व विद्यार्थीसँग एउटै कोठामा बस्न थाले र नजिकैको एक कारखानामा काम गर्न थाले। सो काम गर्न थालेको २ वर्ष बितिसकेको छ। ‘सम्भव भएसम्म म जापानमै काम गर्न चाहन्छु,’ उनी भन्छन्।
२०१४ मा विश्वविद्यालयबाट स्नातक गरेर जापान आउँदा सन्तोषले दलाललाई १३ लाख रुपैयाँ तिरेका थिए। जापानको भाषा स्कुलको सम्झौतामा नेपालमा बस्दै आएको दलालले १३ मध्ये १० लाख कक्षा तथा छात्रबासका लागि रहेको बताएको थियो। त्यसमध्ये १ लाख सेवा शुल्कका रुपमा र बाँकी दुई लाख पनि खर्चका लागि भन्दै उसले नै राखेको थियो।
औसत सरकारी तलब ३० हजार रहेको देशमा १३ लाख रुपैयाँ ठूलो पैसा हो। त्यो रकम जम्मा गर्न सन्तोषले आधाजति ऋण लिनुपरेको थियो। ‘जापानमा पार्टटाइम काम गरेर तीन लाख त जसले पनि कमाउन सक्छ’ दलालको यस्तो भनाइलाई सन्तोषले विश्वास गरेका थिए। ‘वास्तवमा म अमेरिका जान चाहन्थेँ,’ उनले भने, ‘तर यहाँ आउन धेरै सजिलो थियो।’
उनको पनि जापान आउनुको उद्देश्य पढाइभन्दा काम थियो। तर उनी जापानी भाषामा यति कमजोर थिए कि फुकुओकामा गतिलो काम खोज्न साह्रै गाह्रो भयो। छ महिनापछि पनि उनी टोकियो सरे।
जापानमा ‘टोकियो जानु’ विदेशी विद्यार्थीहरुमाझ एक कोडको रुपमा स्थापित भएको छ। टोकियो पुग्नेबित्तिकै उनले आफूलाई शरणार्थीको दर्जा दिन आप्रवासन कार्यालयमा आवेदन दिए। आवेदनको कारण थियो, ‘राजनीतिक द्वन्द्वको शिकार बन्ने खतरा’। कसैलाई शरणार्थीको दर्जा यदि उसको जातीयता, धार्मिकता, राष्ट्रियताका कारण वा कुनै विचार वा संगठनको सदस्य हुँदा शोषणमा पर्ने जोखिम भएमा दिइन्छ। गत १० वर्षमा जापानमा शरणार्थीको संख्या बढेको छ। २०१५ मा ६९ देशबाट ७ हजार ५ सय ८६ जनाले शरणार्थीको मान्यता दिन आवेदन दिए। त्यसमध्ये सबैभन्दा ठूलो हिस्सा नेपालीहरुकै थियो। १ हजार ७ सय ६८ नेपालीले दरखास्त दिएका थिए। तथापि ११ देशका २७ निवेदकलाई मात्रै शरणार्थीको मान्यता दिइएको थियो। त्यसमा पनि नेपालबाट २ जना मात्र परेका थिए।
जापानको कानुनअनुसार विद्यार्थी भिसा भएको व्यक्तिले साताको २८ घण्टा मात्रै काम गर्न पाउँछ तर त्यही व्यक्तिले शरणार्थीका लागि आवेदन दिएमा ६ महिनापछि सो व्यक्तिको भिसा ‘डिजाइनेटेड एक्टिभिटी भिसा’ मा बदलिन्छ। त्यसो हुँदा उसले पूरा समय काम गर्ने अनुमति प्राप्त गर्छ। यही व्यवस्थाले गर्दा स्कुल छोडेका विदेशी विद्यार्थी यसतर्फ आकर्षित भएका हुन्। शरणार्थी आवेदनको नतिजा निस्किन ६ महिनादेखि वर्ष दिन लाग्छ। यदि पहिलो आवेदन फिर्ता गरिए पनि दोस्रो आवेदन दिन सकिन्छ र त्यसको नतिजा आउन २ देखि ३ वर्ष लाग्छ। अमान्य कारण हुँदाबाहेक आवेदकले जति पटक पनि आवेदन दिन पाउँछ।
आत्महत्या गर्दै निराश नेपाली
यामागाता प्रान्तमा आयोजित फिल्म फेस्टिबलमा ‘नेपालीले कहिल्यै आत्महत्या गर्दैनन्’ शीर्षकको एक डकुमेन्ट्री देखाइयो। त्यसको निर्देशक नागोया विश्वविद्यालयमा फिल्म निर्माण विषय अध्ययन गरिरहेका ३३ वर्षीय नेपाली विद्यार्थी राजकुमार थिए। यो जापान आएर आत्महत्या गरेको एक नेपाली विद्यार्थीकै जीवनीमा आधारित थियो। राजकुमार त्यो आत्महत्याबाट निकै चिन्तित भए। जापानमा पैसा कमाउन सजिलो छ भन्ने पत्याएरै ती व्यक्ति आएका थिए। फिल्मले उनी एक्लोपनका कारण कसरी मानसिक बिमारी भए भन्ने कुरा स्पष्टताका साथ देखाएको छ।
यामागाता प्रान्तमा आयोजित फिल्म फेस्टिबलमा ‘नेपालीले कहिल्यै आत्महत्या गर्दैनन्’ शीर्षकको एक डकुमेन्ट्री देखाइयो। त्यसको निर्देशक नागोया विश्वविद्यालयमा फिल्म निर्माण विषय अध्ययन गरिरहेका ३३ वर्षीय नेपाली विद्यार्थी राजकुमार थिए। यो जापान आएर आत्महत्या गरेको एक नेपाली विद्यार्थीकै जीवनीमा आधारित थियो। राजकुमार त्यो आत्महत्याबाट निकै चिन्तित भए। जापानमा पैसा कमाउन सजिलो छ भन्ने पत्याएरै ती व्यक्ति आएका थिए। फिल्मले उनी एक्लोपनका कारण कसरी मानसिक बिमारी भए भन्ने कुरा स्पष्टताका साथ देखाएको छ।
जुन २०१४ मा २० वर्षका राम पनि फुकुओकामा मृत भेटिए। होटल म्यानेजमेन्ट पढन जापान आएका उनी पर्स र मोबाइल कोठामै छोडेर हराएका थिए। ‘राम निकै तीक्ष्ण दिमाग भएका थिए, त्यसैले तीन महिनामै जापानी सिक्न सक्थे,’ रामको रुम पार्टनरले सम्झिए। तर ६ महिनापछि नै उनको स्वास्थ्य बिग्रिन थाल्यो। उनलाई अस्पताल लगियो र डिप्रेसनको उपचार थालियो। २८ घण्टाको काम, पढाइ र दैनिक जीवनलाई उनले मिलाएर अगाडि बढाउन सकेनन् र दुविधाको शिकार भए। उनका एक साथी भन्छन्, ‘कार्यावधि सीमालाई कायम राखेर रामले पढाइमा मेहनत गरे। यसैले उसलाई थला पा¥यो। ऊ इमानदार भएकोले बिरामी भयो।’
जापानी भाषा स्कुलः नेपालको फस्टाउँदो व्यापार
काठमाडौँको बागबजारमा सडकको दुवैतिर ‘जापान’ लेखिएका रंगीचंगी बोर्ड झुण्डयाइएका छन्। ‘सामुराई’, ‘योकोसो’, ‘क्यानन’ जस्ता नाम र ‘नो लेसन चार्ज’, ‘शतप्रतिशत जब ग्यारेन्टी’, ‘कम नम्बररु चिन्ता नगर्नुस१’ जस्ता चिन्हले जापानी भाषाको व्यापार कसरी फस्टाएको छ भन्ने देखाउँछ। ती संस्थामध्ये धेरैजसोले विद्यार्थीसँग कुनै शुल्क लिँदैनन् किनभने तिनले जापान पठाएको प्रत्येक विद्यार्थीबाट एक लाख रुपैयाँ कमिसन प्राप्त गर्छन्। जापानका भाषा स्कुलहरुले सो रकम दिन्छन्।
काठमाडौँको बागबजारमा सडकको दुवैतिर ‘जापान’ लेखिएका रंगीचंगी बोर्ड झुण्डयाइएका छन्। ‘सामुराई’, ‘योकोसो’, ‘क्यानन’ जस्ता नाम र ‘नो लेसन चार्ज’, ‘शतप्रतिशत जब ग्यारेन्टी’, ‘कम नम्बररु चिन्ता नगर्नुस१’ जस्ता चिन्हले जापानी भाषाको व्यापार कसरी फस्टाएको छ भन्ने देखाउँछ। ती संस्थामध्ये धेरैजसोले विद्यार्थीसँग कुनै शुल्क लिँदैनन् किनभने तिनले जापान पठाएको प्रत्येक विद्यार्थीबाट एक लाख रुपैयाँ कमिसन प्राप्त गर्छन्। जापानका भाषा स्कुलहरुले सो रकम दिन्छन्।
नेपाली युवा जापानतर्फ आकर्षित हुनुको अर्को कारण हो, युरोप र अमेरिकाभन्दा आधा खर्चमा त्यहाँ पुग्न सक्नु। त्यसबाहेक जापान जानका लागि प्राप्त गर्नुपर्ने अंक पनि कम छ। जापानी भाषाको संस्थाका एक सञ्चालकले बताएअनुसार अमेरिका जानका लागि ८० अंक प्राप्त गर्नुपर्ने बटमलाइन छ तर अष्ट्रेलियाका लागि ७० र जापानका लागि ४० मात्रै।
नेपालका जापानी भाषा सिकाउने संस्था तथा स्कुलको गुणस्तर पनि फरकफरक छ। धेरैजसो स्कुलका प्रधानाध्यापक तथा शिक्षकहरु कहिल्यै जापान नगएका र एकदमै कम जापानी भाषा जान्ने छन्। गत केही वर्षमा त्यस्ता नक्कली स्कुल सञ्चालकहरु समातिने क्रम पनि बढेको छ। चार ओटा जापानी भाषा स्कुलमा पढाउने २७ वर्षीया रोशनी भन्छिन्, ‘केही यस्ता स्कुल छन्, जहाँ सञ्चालकसहित कोही पनि जापानी बुझ्दैनन्।’
३० वर्षका पूरी थरका एक व्यक्ति चितवनमा भाषा स्कुल चलाउँछन्। उनलाई जापानी भाषाको अभिवादन जनाउने केही शब्द मात्रै आउँछ। उनले व्यवसाय सुरु गर्दा वरिपरी ४ जापानी भाषा स्कुल थिए तर अहिले त्यो संख्या २० पुगिसकेको छ। उनको स्कुलले वार्षिक ६० देखि ९० विद्यार्थी जापान पठाउँदै आएको छ र त्यसबाट उनी करिब ५० लाख रुपैयाँ कमाउँछन्। जापानी भाषाको व्यवसाय उद्योगको रुपमा फस्टाएको देखिन्छ।
नेपालमा आवश्यक कागजात नक्कली बनाई किर्ते गर्नु सामान्य हो। स्नातक प्रमाणपत्र, जापानी भाषाको लब्धांक र ब्यांक ब्यालेन्स प्रमाणपत्र पनि नक्कली बन्छन्। केही स्कुल कहिल्यै कक्षा सञ्चालन गर्दैनन् तर प्रमाणपत्र बनाएर दिन्छन्। नेपालमा कमर्सियल बैंकहरुले सामान्यतः विद्यार्थी भिसाका लागि आवश्यक ब्यालेन्सको प्रमाणपत्र जारी गर्दैनन्। दलालहरुले सेटिङ मिलाएर यस्ता प्रमाणपत्र तयार गर्छन्। एक दलाल भन्छन्, ‘जापानी आप्रवास कार्यालयले ब्यांक ब्यालेन्स प्रमाणपत्र माग्न नछोडेसम्म नेपालमा अस्तित्वमै नभएका ब्यांकको जालसाजी रोकिँदैन।’
भाषा स्कुलमा जापानीहरुको संलग्नता
३५ वर्षीया केइको बागबजारस्थित एउटा भाषा स्कुलको तेस्रो तलाको एउटा सानो कोठामा कागजको चाङले घेरिएकी छिन्। भाषा स्कुलको व्यवस्थापक, स्टाफ र विद्यार्थीहरुको दर्ता हुने गरेपनि केइकोको नाम कहीँ दर्ता भएको छैन। उनले स्कुलको मालिक जोनसँग उनी जापानमा पढदै गर्दा विवाह गरेकी थिइन्। पछि पतिसँगै नेपाल आइन्। ‘म यहाँको सहयोगी मात्रै हुँ,’ उनी रुखो तरिकाले मुस्कुराइन्। वास्तवमा उनले नै भाषा विद्यालयको बारेमा जापानमा कुरा गरेर सम्झौता गरेकी थिइन्। त्यसबाहेक उनी स्कुलमा पढाउँछिन् पनि।
३५ वर्षीया केइको बागबजारस्थित एउटा भाषा स्कुलको तेस्रो तलाको एउटा सानो कोठामा कागजको चाङले घेरिएकी छिन्। भाषा स्कुलको व्यवस्थापक, स्टाफ र विद्यार्थीहरुको दर्ता हुने गरेपनि केइकोको नाम कहीँ दर्ता भएको छैन। उनले स्कुलको मालिक जोनसँग उनी जापानमा पढदै गर्दा विवाह गरेकी थिइन्। पछि पतिसँगै नेपाल आइन्। ‘म यहाँको सहयोगी मात्रै हुँ,’ उनी रुखो तरिकाले मुस्कुराइन्। वास्तवमा उनले नै भाषा विद्यालयको बारेमा जापानमा कुरा गरेर सम्झौता गरेकी थिइन्। त्यसबाहेक उनी स्कुलमा पढाउँछिन् पनि।
१० वर्षदेखि एक जापानी भाषाको स्कुलमा जोडिएकी छिन् ताई। पर्यटकका रुपमा थुप्रै पटक नेपाल आएकी उनी यो व्यवसायमा लागिन्। ‘यो नाममा मात्र भाषा स्कुल हो। तर वास्तविकतामा यो मान्छे पठाउने एजेन्सीजस्तो छ,’ उनले ढुक्क भएर भनिन्, ‘चोर्नु सामान्य हो। हिरागाना मात्रै जान्ने नेपालीलाई पनि म जापान पठाइरहेकी छु। हाम्रो काम भाषा सिकाउनुभन्दा पनि आप्रवाससम्बन्धी नक्कली कागजात उपलब्ध गराउनु हो।’ जापानी भाषा व्यवसायको यो अँध्यारो पाटो हो।
गत १० वर्षमा जापानमा भाषा स्कुलको संख्यामा डेढ गुणाले वृद्धि भएर ५ सय ४७ पुगेको छ, जसले नेपाली विद्यार्थीको भर्ना लिन्छन्। भाषा स्कुलको व्यवसायले नेपाल र जापान दुवैतिर फाइदा पु¥याएको छ। भर्खरैसम्म जापानी पक्षले नेपाली पक्षलाई एक विद्यार्थी बराबर ३० हजार उपलब्ध गराउँथ्यो। २० भन्दा बढी विद्यार्थी भए त्यो रकममा वृद्धि हुँदै जान्थ्यो। तर यो सन्तुलन परिवर्तन हुन थालेको छ। अहिले नेपाली पक्षले जापानी पक्षलाई उल्टो पैसा दिनुपर्ने अवस्था छ। ‘जापानी पक्षको रवैया बदलिँदैछ,’ उनीहरु भन्छन्।
यस्तो परिवर्तनको कारण हो शरणार्थीका लागि आवेदन दिने नेपाली विद्यार्थीको संख्या बढ्नु। २०१५ मा १ हजार ७ सय ६८ नेपालीले शरणार्थी मान्यताका लागि आवेदन दिए, जुन पाँच वर्षअघिभन्दा पाँच गुणा बढी हो। जापानी पक्षले नेपाली विद्यार्थीले पढाइ छोडेपछि नेपाली भाषा स्कुलका सञ्चालकहरुलाई पैसा फिर्ता मागेको उदाहरण पनि पाइन्छन्।
जापानमा विदेशी विद्यार्थीको संख्या अढाइ लाख नाघिसक्यो र चाँडै नै तीन लाख पुग्दैछ। जापानी सरकारले निर्धारण गरेको लक्ष्य तीन लाख नै हो। त्यसपछि के हुनेछ? यही कुराले भाषा स्कुलहरुको व्यापार र जापान जाने एसियाली विद्यार्थीको भविष्य निर्धारण गर्नेछ।
सोफिया युनिभर्सिटीका सहप्राध्यापक मासाको तानाका
जापानबाट फर्केका आधा नेपाली फेरि जापान फर्किन चाहँदैनन्
सोफिया युनिभर्सिटीका सहप्राध्यापक मासाको तानाका र फुकुओका प्रान्तीय युनिभर्सिटीका सहप्राध्यापक मायुको सानोले गरेको एक सर्वेक्षणअनुसार नेपाल फर्केपछि आधा नेपाली फेरि जापान जान चाहँदैनन्। विदेशी विद्यार्थीलाई जापानी भाषा सिकाउने प्रणाली र आप्रवास नीतिको कमजोरी औँल्याउँदै प्राध्यापक तानाका भन्छिन्, ‘धेरै नेपाली विद्यार्थी उनीहरुले जापानको बारेमा देखेको सपना र यहाँको वास्तविक अनुभवबीच फरक देखेर हतोत्साहित भएका छन्।’
सोफिया युनिभर्सिटीका सहप्राध्यापक मासाको तानाका र फुकुओका प्रान्तीय युनिभर्सिटीका सहप्राध्यापक मायुको सानोले गरेको एक सर्वेक्षणअनुसार नेपाल फर्केपछि आधा नेपाली फेरि जापान जान चाहँदैनन्। विदेशी विद्यार्थीलाई जापानी भाषा सिकाउने प्रणाली र आप्रवास नीतिको कमजोरी औँल्याउँदै प्राध्यापक तानाका भन्छिन्, ‘धेरै नेपाली विद्यार्थी उनीहरुले जापानको बारेमा देखेको सपना र यहाँको वास्तविक अनुभवबीच फरक देखेर हतोत्साहित भएका छन्।’
नोभेम्बर २०१४ देखि सेप्टेम्बर २०१५ सम्म नेपाल फर्किएका एक सय २१ र जापानमै रहेका एक सय ३३ जनामा गरिएको एक सर्वेक्षणअनुसार उनीहरुले जापानलाई गन्तव्यका रुपमा छनोट गर्नुको कारणमा (१) प्राविधिक सीप सिक्न २४ प्रतिशत, (२) पैसा कमाउन १८ प्रतिशत र (३) परिवारका निम्तामा १७ प्रतिशत रहेको तथा नेपाल फर्किनुका कारणमा (१) नेपालमा नयाँ व्यवसाय सुरु गर्न २६ प्रतिशत, (२) बच्चा वा जोडीको हेरचाहका लागि २० प्रतिशत र (३) भिसाको म्याद लम्ब्याउन नसकेर १२ रहेको छ।
जापानमा बिताएको जीवनबाट ६१ प्रतिशतले आफू सन्तुष्ट रहेको उत्तर दिए पनि ५० प्रतिशतले पुनः जापान नफर्किने र २७ प्रतिशतले यसबारे निश्चित नभएको बताए। भाषा कम जान्ने र प्राज्ञिक पृष्ठभूमि नभएका मानिसहरु जापानी जीवनदेखि वाक्क भएको पाइएको थियो।
यस्तो अवस्था सुधारका लागि आवश्यक कदम चाल्न तानाका जिम्मेवार निकायलाई आग्रह गर्छिन्। उनी भन्छिन्, ‘सापेक्षिक रुपमा जापान आउनु र काम गर्नु सहज भए पनि गतिलो काम र सहज उच्च शिक्षा प्राप्तिका अफ्ठयाराका कारण चाँडै नै नेपाली विद्यार्थीहरुको मोहभंग हुुन्छ। विदेशी विद्यार्थीका लागि सामाजिक सुरक्षा सेवाको कमीका कारण उनीहरु एक्लोपनको शिकार हुने गर्छन। त्यसैले त उनीहरु जापानलाई ‘खुला झ्याल तर बन्द ढोका भएको देश’ भन्छन्।’
(जापानी भाषाको दैनिक निसिप्पोन सिम्बुनमा प्रकाशित आलेखहरुमा आधारित रिपोर्ट।)

0 comments