हिजो पक्राउ परेको पाकिस्तानी जासुसी परेवा भारतिय हिरासतबाट भाग्न सफल भएपछि भारतमा खैलाबैला,
9:14 PM
एजेन्सी– भारतीय भूमिमा पक्राउ परेको एक पाकिस्तानी परेवा हिरासतबाट भागे पछि भारतीय सुरक्षाकर्मी तनाबमा आएका छन् ।
पाकिस्तानबाट भारतमा जासुस गर्न आएको भन्दै सो परेवालाई भारतीय सुरक्षाकर्मीले पक्राउ गरेका थिए ।
बन्दि बनाएर पिंजडामा राखिएको उक्त परेवालाई एक भारतिय प्रहरीले हेर्न खोज्दा परेवा त्यहाबाट भागेर पाकिस्तान तर्फ नै उडेको भारतिय मिडियाले जनाएका छन् ।
भागेको परेवामा ‘जनबाज खान ५५४७’भन्ने ट्याग र एउटा फोन नम्बर भएको बताइएको छ ।परेवा भागेपछि प्रहरीले भारतीय जासुसी निकायलाई खबर गरेका थिए।
केही समय पहिले पनि पाकिस्तानले भारतमा जासुसीका लागी परेवा पठाएको थियो ।

0 comments