धुर्मुस-सुन्तली फाउण्डेसनलाई एडिलेडबाट १२ लाख सहयोग
4:03 AM
२७ जनवरी, एडिलेड । मुसहर बस्ती निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनलाई अष्ट्रेलियाको एडिलेड शहरबाट १२ लाख रुपैयाँ सहयोग संकलन भएको छ ।
धुर्मुस-सुन्तली साँझ २०१७ का क्रममा हाल अष्ट्रेलियामा रहेको यो जोडीले गएराती एडिलेडमा आफ्नो प्रस्तुती दिएको थियो । सो क्रममा मुसहर वस्ती निर्माणका लागि १४ हजार ५ सय ६५ अष्ट्रेलियन डलर-अर्थात १२ लाख ४५ हजार ७ सय ६०) संकलन भएको छ ।
‘हामीले अपेक्षा गरेभन्दा झण्डै दोब्बर सहयोग यहाँबाट प्राप्त भयो’ अनलाइनखबरसँग कुरा गर्दै सीताराम कट्टेल ‘धुर्मुस’ले भने- मसुहर वस्ती निर्माणमा अष्ट्रेलियाबासी नेपालीको योगदानको म उच्च प्रसंसा गर्दछु । ‘
प्राप्त सहयोगमध्ये भुटानी नेपालीहरूको संस्था अहिंसाको तर्फवाट अध्यक्ष बिर्ख मगरले २०४५ डलर प्रदान गरेका थिए ।
धुर्मुस सुन्तलीलार्इ सहयोग प्रदान गर्न चाहनेहरूले अहिले पनि सम्पर्क गरिरहेको र सहयोग थपिने क्रम जारी रहेको कार्यक्रम अायोजक दीपक लामाले जानकारी दिए ।
यसअघि सिड्नीमा भएको कार्यक्रममा झण्डै १७ लाख रुपैयाँ संकलन भएको थियो । करिव दुई साता लामो अष्ट्रेलिया भ्रमणका क्रममा उनीहरुले अब मेलवर्न र बि्रसबेनमा पनि आफ्नो प्रस्तुती दिनेछन् ।


0 comments