साग अायो साग……….
10:22 PMयुएर्इ । रायो साग किन्नुहोस् । रायो साग…. नेपालबाट ल्याएको । कति हो दिदी ? दश रूपैयाँ भार्इ । बोली नसकिँदै २ मुठा दिनुस् । पार्कमा बसिरहेको एक जोडी पनि खासखुस कुरा गर्छन् । कस्तो नेपालको नै याद आयो हामीलार्इ नि दिनुस् न साग । एक मुठा साग लिन्छन् । फेरी उही गन्तव्यतिर लाग्छन् । काँधमा केही मुठा साग र पछाडी पलाष्टिकमा साग अनि एक सहयोगी । साग आयो साग…
युएर्इ । रायो साग किन्नुहोस् । रायो साग…. नेपालबाट ल्याएको । कति हो दिदी ? दश रूपैयाँ भार्इ । बोली नसकिँदै २ मुठा दिनुस् । पार्कमा बसिरहेको एक जोडी पनि खासखुस कुरा गर्छन् । कस्तो नेपालको नै याद आयो हामीलार्इ नि दिनुस् न साग । एक मुठा साग लिन्छन् । फेरी उही गन्तव्यतिर लाग्छन् । काँधमा केही मुठा साग र पछाडी पलाष्टिकमा साग अनि एक सहयोगी । साग आयो साग…उनी साग बेच्न अघि–अघि जान्छिन् । म पनि फोटो मात्रै भए पनि लिन्छु, भन्दै उक्त महिलाको पछिपछि लागिरहेको हुन्छु । फेरी उभिन्छु, मोबार्इल तयारी अवस्थामा छ । फोटो लिन सक्दिन् । क्रम बित्दै गयो । नसकिएपछि पार्कमा थचक्क बसे, हैन सयौं महिला पुरूष बसिरहेको पार्कमा एक अधबैशे महिला आफ्नो काँधभरी सागको मुठा लिएर बेच्दै गरेको उनको हिम्मत देखेर मलार्इ कता कता उनीसँग केही कुरा गर्न मन लाग्यो । फेरी पार्कमा यसरी असुरक्षित व्यापार गरेमा पार्कको सेक्युरेटी, सुरक्षाकर्मीले समात्ने र जरिवाना तिराउने उनलार्इ थाहा नहुन पनि सक्छ ।
जुमल्याहा छोराहरू राम–लक्ष्मण साथमा एक छोरीकी (तीन सन्तान) आमा भैसकेकी रामप्यारीले कमाएको पैसा नेपाल पठाउने र छोराहरूको पढार्इमा खर्च हुने बतार्इन् । रामलक्ष्मण कक्षा ६ मा पढ्दै छन् ।



0 comments