नेत्रहीन क्रिकेट : दक्षिण अफ्रिकामाथि नेपालको अविष्मरणीय जीत

7:31 AM

माघ २०, २०७३- नेपालले नेत्रहीन ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकामाथि ६ विकेटका अविस्मरणीय विजय हात पारेको छ । 
भारतमा जारी प्रतियोगितामा नेपालको यो पहिलो विजय हो । दोस्रो पटक विश्वकपमा सहभागिता जनाउदै गरेको नेपालको यो अहिलेसम्मकै दोस्रो विजय हो । २०१२ मा यसअघि नेपालले बंगलादेशलाई ९ विकेटले पराजित गरेको थियो । 
बिहीबार दिल्लीमा नेपालले टस जितेपछि ब्याटिङ गर्न आएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४६ रन बनायो । सोनवाबिल बिड्लाले नटआउट ५७ रन बनाए । 
त्यस्तै, डोमिनिक स्कट एड्रिएन्स ३३ र बुहले भिड्ला ३२ रनमा आउट भए । नेपालका सुनिल रानामगरले २ र कप्तान कृतन श्रेष्ठले १ विकेट लिए । म्यान अफ द म्याच सुनिल सुवेदी क्षेत्रीले नटआउट ४६ रन बनाएपछि नेपालले १७.३ ओभरमै १ सय ४९ रन बनायो । 
उनले ३३ बल खेलेका थिए । ओपनरद्वय रमेश बहादुर बानियाले २४ र सुनिल रानामगरले ३८ रन बनाई ९ ओभर भित्र ६९ रन जोडी नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । 
सुनिल सुबेदीले एउटा इन्ड सम्हाल्दा अर्को इन्डमा सुनिल थापा मगर ५ र लोकबहादुर थापा ९ रनमा आउट भए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images