अदालतमा विस्फोट, कम्तिमा उन्नाइस जनाको मृत्यु !

6:23 AM

काबुल (अफगानिस्तान), २५ माघ, अफगानिस्तानको राजधानी काबुलमा रहेको एक अदालत नजिकै मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तिमा उन्नाइस जनाको मृत्यु भएको अफगानी अधिकारीले बताएका छन् । घटनामा कम्तिमा ४१ जना घाइते भएको बताइएको छ । एक जना आत्मघाती आक्रमणकारीले अदालतका कर्मचारीलाई लक्षित गरी विस्फोट गराएको अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ता नजिवुल्लाह डेनिसले बताए । आक्रमणकारी पैदल अदालत परिसरमा प्रवेश गरेको र अदालतको गाडी पार्किङ क्षेत्रमा विस्फोट गराएको डेनिसले जानकारी दिए । घटनामा १९ जनाको मृत्यु भएको र ४१ जना भन्दा बढीको सङ्ख्यामा घाइते भएको उनले पुष्टि गरेपनि यस घटनाकाबारे विस्तृत विवरण प्राप्त भइनसकेको उनले बताए । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images