अभियुक्त खोजीमा १८ वर्ष
6:28 AM
माघ २५, २०७३- लक्ष्मी तिमल्सेनाका आँखा नओभाएको १८ वर्ष भइसक्यो । त्यतिबेला उनी १८ वर्षकै थिइन् । २०५५ कात्तिक १५ गते । बस्तुभाउ चराउन खेत हिँडेका कास्की सिद्ध गाविस ७ निवासी उनका बाबु शिवराज थापाको बारीमै धारिलो हतियार प्रयोग गरी हत्या भयो । हत्यापछिको जाहेरी र लामो प्रहरी अनुसन्धानपछि कास्की जिल्ला अदालतले २०५७ वैशाख १९ मा उक्त हत्या सोही गाउँका नारायण अधिकारीले गरेको ठहर गर्यो र सर्वस्वसहित जन्मकैदको फैसला सुनायो । बाबुको हत्याले मनमा बिझेको खिल अदालतको आदेशपछि थोरै कम भयो ।
झापा चारआलीस्थित सिंहनाथ गणमा कार्यरत अधिकारीले बिदामा घर आई थापाको हत्या गरेको अनुसन्धानले पुष्टि गरेको थियो । अदालती मिसिलका अनुसार हत्याकै अभिप्रायले अधिकारीले २०५५ कात्तिक १३ गतेदेखि ५ दिन बिदा लिएको देखिन्छ । अदालतमा मुद्दा चलेसँगै थापालाई सेनाले कास्कीको बर्दबहादुर गण फूलबारी ब्यारेकमा झिकाएर हिरासतमा राखेको थियो । तर अदालती फैसलालगत्तै सेनाको हिरासतबाटै बेपत्ता भएका भनिएका अधिकारी त्यसपछि कहिल्यै फेला परेनन् । यो खबरले न्यायप्रतिको थापा परिवारको आशा पनि मधुरो भयो । लक्ष्मी र उनको परिवारलाई फेरि केही अनिष्ट हुने हो कि भन्ने त्रासले पनि सताइरह्यो ।
लक्ष्मी र उनको परिवारका अन्य सदस्य प्रत्येक वर्ष बाबुको तिथिका बेला फरार हत्यारा निस्फिक्री घुमेको र सजाय नपाएको देखेर भुतभुताइरहन्थे । कैयन् वर्ष बिते तर न हत्यारा नारायण पक्राउ परे, न त लक्ष्मीको मनले शान्ति नै पायो । बाबुको हत्यापछि न्यायका निम्ति धाउँदाका कैयन् दु:खका उकाली र ओराली सुनाउँदा लक्ष्मीको गला अवरुद्ध हुन्थ्यो । उनले भनिन्, ‘सानै उमेरका भाइहरू हुर्कंदै गएपछि बुझ्ने हुँदै गए । तिनीहरूलाई बाबु नहुनुको चोट जति थियो त्योभन्दा ठूलो चोट थियो, अभियुक्तले सजाय नपाउनु ।’
प्रत्येक वर्ष लक्ष्मी, भाइ मिलन र परिवारका अन्य सदस्यलाई लाग्थ्यो, बाबुको हत्याका अभियुक्त पक्राउ परे मनले शान्ति पाउँथ्यो । एक दिन उनलाई कसैले सुनाइदियो, अभियुक्त नारायण सपरिवार भारतको केरला पुगेका छन् रे । सूचनाको स्रोत भरपर्दो नै भए पनि लक्ष्मीले अभियुक्तलाई नेपाल झिकाउने कुनै उपाय देखिनन् । दुई वर्षअघि लक्ष्मीले अर्को सूचना पाइन् । उनका एक शुभचिन्तक भाइले फरार नारायणबारे सबै सूचना पत्ता लगाएर लक्ष्मीलाई दिएका थिए । ती भाइले फरार अभियुक्तबारे धेरै सूचना फेसबकुबाट पत्ता लगाएका थिए । उनले पाएको जानकारी थियो, फरार अभियुक्त नारायण नक्कली नागरिकता र त्यसैका आधारमा पासपोर्ट बनाएर वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका छन् । यस्तो सूचना पुष्टि हुने थप आधार तिनै भाइले उपलब्ध गराएपछि सुरु भयो लक्ष्मीको न्यायको नयाँ लडाइँ ।
जिल्ला प्रशासन कास्कीबाट अभियुक्तले जीवनबहादुर अधिकारीका नाममा ४६१०२९९१४ नम्बरको नागरिकता लिएको र त्यसैका आधारमा २०६८ असार ३१ गते पासपोर्ट निकालेको देखियो । सर्वस्व सहितको जन्मकैदका फरार अभियुक्त अधिकारी सोही नक्कली पासपोर्टका आधारमा २०७० वैशाख १६ गते साउदी अरबको अमाना कन्स्ट्रक्सन कम्पनीमा सेक्युरिटी गार्डका रूपमा काम गर्ने गरी गए ।
यतिका धेरै सूचना पाएपछि लक्ष्मी सुरुमा महानगरीय प्रहरी परिसर काठमाडौंमा गइन् र सबै कागज देखाउँदै बिन्ती बिसाइन् । तर कास्कीको मुद्दा काठमाडौंले हेर्न नमिल्ने भन्दै उनलाई कास्की पठाइयो । लक्ष्मीले २०७२ फागुन २८ गते जिल्ला प्रशासन कार्यालय कास्कीमा सबै विवरण र आवश्यक कागजात राखेर निवेदन दिइन् । तर महिनौंसम्म पनि उनको निवेदनउपर कुनै कारबाही भएन । लक्ष्मी अत्यासमा परिन् । कतारमा रहेका उनका भाइ मिलनले अनेक जुक्ति लगाइरहे । दिदीलाई न्यायका निम्ति लड्न बल दिइराखे ।
लक्ष्मी एक दिन नेपाल प्रहरीको अपराध अनुसन्धान ब्युरो पुगिन् । ब्युरोले उनीबाट प्राप्त सबै कागजातका आधारमा अध्ययन गरेर फरार अभियुक्त नक्कली नागरिकता र पासपोर्टका आधारमा साउदी पुगेको निष्कर्षमा पुग्यो । यसैका आधारमा ब्युरोले अधिकारीको नाम अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को रेडकर्नर नोटिसमा राख्न नेपाल प्रहरीको इन्टरपोल एकाइमा अनुरोध गर्यो । गत जेठ १२ मा नेपाल प्रहरीले इन्टरपोल हेडक्वार्टरमा अनुरोध गर्यो र २४ जेठमा अधिकारीको नाम इन्टरपोलको रेड कर्नर नोटिसमा चढ्यो । त्यसैका आधारमा साउदी प्रहरीले गत असोज अन्तिम साता नेपाल डिपोर्ट गर्ने गरी अधिकारीलाई पक्राउ गर्यो ।
ब्युरो स्रोतका अनुसार अभियुक्त अधिकारीमाथि लक्ष्मीका बाबुको हत्याका अलावा अन्य एक हत्याको समेत अभियोग छ । साउदी अरबमा थुनामा रहेका अधिकारीलाई हवाई एस्कर्टिङ गरेर नेपाल ल्याउने अन्तिम तयारी चलिरहेको छ ।

0 comments