गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु पहिलो प्राथमिकताः स्वास्थ्यमन्त्री गगनकुमार थापा

7:03 AM

काठमाडौँ, २५ माघ, स्वास्थ्यमन्त्री गगनकुमार थापाले सबै जनतालाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्‍याउनु आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन् । आजबाट राजधानीमा सुरु भएको दुईदिने स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गर्न नेपाल सरकारका विभिन्न दातृ निकाय र अन्य सरोकारवाला संस्थासँगको ‘संयुक्त वार्षिक समीक्षा बैठक’ मा मन्त्री थापाले सविधानअनुसार नै अब स्वास्थ्य सेवा विस्तार गर्दा सङ्घीय संरचनाअनुसार नै स्वास्थ्य क्षेत्रको पुर्नसंरचना गरिने बताए । उनले स्वास्थ्य संस्थामा औषधि अभाव, उपकरणको अभाव र सबै अस्पताल र स्वास्थ्य संस्थामा विशेषज्ञ चिकित्सकको अभावजस्ता समस्या विस्तारै समाधान गर्दै लगेको बताए । स्वाथ्यमा भएका विसङ्गति कम गरी गुणस्तरीय सेवा प्रदान गर्न नयाँ नीति बनाउने र अपुरा नीतिलाई सशोधन गर्ने कार्य भइरहेको पनि उनले जानकारी दिए । उनले भने, ‘‘पुनःसंरचना गर्दा संविधानमा उल्लेख भएअनुसार गुणस्तरीय स्वास्थ्य सेवालाई केन्द्रमा राखिएको छ । हामीले संविधानमा स्वास्थ्यलाई मौलिक हकका रुपमा स्वीकार गरेर त्यसलाई स्थानीय तहसम्म पुर्‍याउने प्रतिबद्धता गरेका छौँ ।’’

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images