लहानबाट सिके राउतका एक्काइस जना समर्थक पनि पक्राउ

9:28 PM

लहान, २२ माघ, डा. सिके राउतलाई रिहा गर्नुपर्ने माग गर्दै शुक्रबार सिरहाको लहानमा निकालिएको जुलुसमा प्रहरीले हस्तक्षेप गरी करिब दुई दर्जन प्रदर्शनकारीलाई पक्राउ गरेको छ । राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ परेका डा. राउतलाई रिहाइको माग गर्दै इलाका प्रहरी कार्यालय लहान अगाडि राउत समर्थितले प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरी २१ जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई इप्रका लहानमा राखिएको प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए । पक्राउ परेकामाथि अनुसन्धान भइरहेकाले छाड्ने वा मुद्दा लगाउने विषयमा अहिले के भन्ने निक्र्यौल भइनसकेको प्रहरी नायब उपरीक्षक केसीले बताए । डा. राउतको समर्थनमा थप जुलुस प्रदर्शन गर्न नदिन लहानमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ । गत माघ ५ गते लहानमा भएको बलिदानी दिवसको सभामा देश टुक्र्याउने अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार राज्यविरुद्ध अपराधको आरोपमा राउतलाई जनकपुरबाट पक्राउ गरी शुक्रबारै सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गरेको छ । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images