फिल्मी शैलीमा इटहरीकाे मनी ट्रान्सफरबाट दिउसै लुटीयाे चारलाख रूपैया

9:33 PM

इटहरी । सुनसरीकाे इटहरी ५ स्थित पचरूखी मनी ट्रान्सफरबाट शुक्रबार दिउसाे चार लाख रकम लुटीएकाे छ । बुलेट माेटरसाइकलमा अाएका अज्ञात समुहले शुक्रबार दिउसाे १ बजे कर्मचारीहरूलार्इ नियन्त्रणमा लिएर मनी ट्रान्सफरको कार्यालयबाटै सो रकम लुटेर लगेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।
हतियार सहित अाएका लुटेराहरूकाे समुहले पैसा निकालने बहाना बनाएर कर्मचारीलार्इ नियन्त्रणमा लिर्इ लुटपाट गरी उत्तर तर्फ फरार भएकाे स्थानीयहरूलार्इ उदृढ गर्दे प्रहरीले जनाएकाे छ । लुटेराहरूकाे समुहले चारलाख बराबरकाे रकम लुटेर लगेकाे ट्रान्सफर कर्मचारीहरूले बताएका छन ।
यता इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी नरेसराज शुवेदीले भने लुटेराहरूकाे पहिचान भइसकेकाेले उनिहरूकाे खाेजी कार्यलार्इ तिब्र बनाइएकाे बताए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images