चार दिन मात्र असइको जागिर खाएर छाडेका थिए चर्चित हाँस्यकलाकार दीपकराज गिरीले, आखिर किन ?

9:02 AM

ताजाखबर, काठमाडौँ । नेपाली हाँस्य क्षेत्रमा सफल मानिएका कलाकार दीपकराज गिरी नेपाली कलाक्षेत्रमा आउनु अघि असइमा भर्ती भएका थिए । कमैलाई मात्र जानकारी भएको यो कुरा दिपक आफैले एक अन्तर्वार्तामा  बताएका हुन् । 

दिपकले जम्मा चार दिनको लागि मात्र असइको जागिर खाएर सो जागिर छाडेका थिए । असइको जागिर खान गएका उनी सुरुको चार दिनमै ट्रेनिङ गर्न गाह्रो भएपछि जागिर छाडेको बताएका छन् ।
चार दिनको लागि मात्र भएपनि सरकारी जागिरको अनुभव भएका उनलाई फौजी जागिर छाडेपछि कलाकारितामा लागेर सबैमाझ चर्चित भएका छन् ।
कुनै समय बहुचर्चित बनेको तितो सत्यका निर्माता निर्देशक तथा कलाकार दिपकराजले छ एकान छ , वडा नम्बर छ , निर्माण गरेर चर्चामा रहे र पछिल्लो समय निर्माण गरेको चलचित्र छक्का पन्जाले नेपाली फिल्मी क्षेत्रका अधिकांश रेर्कड तोड्न सफल भएपछि पछिल्लो समय थप चर्चामा छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images