नेपाली यात्रुका लागि बहुउद्धेश्यीय भवन
9:12 AM
माघ २४, २०७३- नेपाली यात्रुलाई सुविधा दिन भारतले आधुनिक बहुउद्देश्यीय भवन निर्माण गरेको छ । कृष्णनगर नजिकै रहेको यहांस्थित बढनी बजारमा यस्तो भवन निर्माण गरिएको छ ।
सीमादेखि ५ सय मिटरमा रहेको बढनी रेल स्टेशनसंगै सटेर पश्चिममा २ तले भवनको निर्माण पुरा भएको हो । रंग रोगन गरि चिरिच्याट्ट बनाईएको छ ।
रेल यात्रीलाई लक्षित गरि भवन संचालन गरिनेछ । भवनमा आवास, खाना, रेष्टुरेष्ट, मिनि मार्केट, संचार केन्द्र र पार्किङ सुविधा छ । राती आउने यात्रुलाई सस्तो र सुरक्षित गन्तब्यकालागि होटल सुविधा सहित संचालन हुनेछ । यात्रुलाई सानो बजारको सुविधा दिन पसल समेत संचालन गरिनेछ ।
रेल सेवाकाबारेमा जानकारी लिन र दिनकालागि सुचना केन्द्र पनि राखिनेछ । यात्राकालागि प्रस्थान गर्न राति रेल चढनु आउनु पर्ने र अन्तिम गन्तब्य बढनीमा राति पुगेका यात्रु त्यहा सुविधा दिईनेछ । ‘यात्रुलाई रातिहिडडुल गर्न जोखिम हुन्छ’ बढनी प्रहरी चौकी ईन्चार्ज हरिनारायण दिक्षितले भने,’ ‘उनीहरुको सुविधाकालागि भारत सरकारले भवन बनाईदिएको हो ।’
भवनमा १० सुविधा सम्पन्न कोठा छन् । त्यस्तै रेष्टुरेण्ट, मिनि बजार र सुचना केन्द्र संचालनकालागि ७ कोठा छुट्याईएको छ । भारु १ करोड ६० लाख लागतमा २ वर्ष लगाएर भवन बनाईएको हो । २ महिना दिन भित्र उद्घाटन गरि संचालन गरिने बताइएको छ ।
उक्त बहुउद्देश्यीय भवनको केन्द्रिय रेलराज्य मन्त्री मनोज सिन्हाले शिलान्यास गरेका थिए । रेल स्टेशनमा सुविधा बढाउदै सीमा क्षेत्रको बढनीलाई भारतको रेल मन्त्रालयले नमुना रेल स्टेशन बनाउदै लगेको छ । बहुउद्देश्यीय भवनसंगै रेल धुनकालागि वासिंट पिट समेत निर्माण गर्दै लगेको छ । पुर्वोत्तर रेल्वे अन्तर्गत रेल धुने उपकरण जडित भवन निर्माण तिब्रगतिमा भईरहेकोछ । दुई करोड भारुको लागतमा उक्त योजना बनिरहेको छ ।
‘नेपालसंगको कारण बढनी सिमा क्षेत्रको रेल्वे स्टेसन रेलको हव हुन लागेको छ,’ लखनउ बस्ने रेल विभागका मण्डलीय वाणिज्य प्रबन्ध रमेश गुप्ताले भने,’ ‘त्यसैले रेल मन्त्रालय पुर्वाधार बढाउदै सुविधा थप्दै लगेको छ ।’ ३ वर्ष अघि बढनी पुर्वमा गोरखपुर र पश्चिममा गोन्डाको बडी लाईन (ब्रोड गेज)संग जोडिए थियो ।
यसपछि बढनी भारतको राष्ट्रिय रेल नेटवर्कसग जोडिन पुग्यो । ‘बढनीले सीमा सम्म भारतको ठूलठूला सहरमा पहुच मात्र पुर्याएन्’ भारतीय संचारकर्मी मोहम्द ईसादले भने,’ ‘सीमाबाटै सजिलै नेपाली यात्रु भारतको जुनसुकै सहरमा पुग्न सक्ने सुविधा दियो ।’ ‘सीमा सम्मै सटेर यातायात सेवा पुर्याउने बढनी पहिलो रेल स्टेशन बन्यो’ उनले भने ।’
बढनीबाट सुदुर पुर्वमा लामो दुरीको कलकत्ता (आसनसोल) सम्म रेल सेवा छ । त्यस्तै यहाबाट पश्चिममा लामो दुरीको रेल सेवा नयाँ दिल्ली, लखनउ, कानपुर र मुम्बई पुग्ने सम्मको छ । ईलाहवाद सेवाको संभाव्यता अध्ययन थालिएकोछ । बढनी–गोरखपुर र बढनी–गोण्डा सम्म दैनिक लोकल डेमु र इन्टरसिटी रेल चल्ने गर्छ ।
भर्खर बढनी हुँदै जाने गोरखपुर–नयाँ दिल्ली अत्याधुनिक रेल संचालन गरिएको छ । बढनी हुदै मध्य नेपालका धेरै सर्वसाधारण भारत आवतजावत गर्छन् । नेपालकै विभिन्न ठाउबाट कृष्णनगर सम्म यातायातको राम्रो सुविधा छ । कृष्णनगरकै पारि बढनी बजारबाट भारतीय सहरमा पहुच बढा बढनी सम्म मध्य नेपालको पहुच बढेकोछ । यस्ले सीमा क्षेत्रमा बढनी चल्ती र व्यस्तको रेलस्टेशन बन्न पुगेकोछ ।

0 comments