यी हुन देश टुक्राउछु भन्ने सिके राउतलाई पक्राउ गर्ने एसपी लीलामणि, जनस्तरबाट बधाईको ओइरो

7:54 AM

पार्बती साउद, जनकपुर । मुलुक बिखण्डनको अभियानमा प्रचारप्रसारमा हिँडिरहेका सीके राउत अन्ततः पक्राउ परेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल र गृहमन्त्री बिमलेन्द्र निधिको समेत सामाजिक संजालबाट ब्यापक बिरोध भईरहेका बेला धनुषा प्रहरीले राउतलाई पक्राउ गरेको छ ।
बिहीबार अपरान्ह जनकपुरको पुरानो बसपार्कबाट पक्राउ गरिएको राउतलाई निज निवास सिराहा लगिने धनुषा प्रहरी प्रमुख लालमणी आचार्यले बताए ।
सीके राउतलाई पक्राउ गरि आफ्नो कार्यालयमा पठाउन सिराहा प्रहरीको आग्रहपछि धनुषा प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ गरिएका राउतलाई बिहिबार नै सिराहा पठाउने तयारी गरिएको प्रहरीको दाबी छ ।
देश नै टुक्र्याउनुपर्छ भन्दै हिंडेका राउतले सिराहामा प्रहरीलाई समेत छलेर बिबादास्पद कार्यक्रम गर्दा ब्यापक आलोचना खेप्नुपरेको थियो ।
काठमाण्डौ जिल्ला प्रहरीमा प्रहरी नायब उपरिक्षक भएर र अख्तियारमा प्रहरी नायब उपरिक्षक, पछि बढुवा भएर ईटहरीमा प्रहरी उपरिक्षक भएका आचार्यले बिराटनगरमा प्रहरी निरीक्षक हुँदा तत्कालीन गृहमन्त्रीबाट सम्मान समेत पाएका थिए । नेपालीहरुले मन नपराउने र बिखण्डनकारीको उपमा पाएका राउतलाई पक्राउ गरेपछि मुलुक बचाउन प्रभाबकारी भुमिका खेलेको भन्दै नेपालीहरुले प्रहरी उपरीक्षक लालमणी आचार्यलाई बधाई दिनेको ओईरो लागेको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images