काठमाडौंमै बसेर राप्रपा मनाङको अध्यक्ष बने गुण्डा नाइके दीपक मनाङे
2:11 AMकाठमाडौं– पुस २८ गते राप्रपामा प्रवेश गरेका गुण्डा नाइके दीपक मनाङे राप्रपा मनाङ जिल्लाको अध्यक्ष बनेका छन् । मंगलबार भएको जिल्ला अधिवेशनबाट मनाङे राप्रपाको जिल्ला अध्यक्ष चयन भएका हुन् । स्मरण रहोस् अधिवेशन मनाङमा नभएर काठमाडौंमै भएको हो । राप्रपा मनाङका एक नेताले जिल्लामा अत्याधिक चिसो रहेकाले काठमाडौंमै अधिवेशन गर्न लागिएको बताए । को हुन् मनाङ ?
ठमेल क्षेत्रलाई आधार ईलाका बनाएर गुण्डागर्दी गर्दै आएका मनाङका उनी दर्जनौ पटक जेल परिसकेका छन् । गत असार १७ गते काठमाडौं प्रहरीले संगठीत अपराध मुद्दामा पक्राउ गरेर मनाङेमाथि ६० दिन हिरासतमा राखेर अनुसन्धान गरेको थियो । केही समय पुर्पक्षका लागी डिल्लीबजार कारगारमा थुनिएका मनाङे तिहारअघि छुटेका थिए । उनको अकुत सम्पत्ति बारेको मुद्दा समेत विशेष अदालतमा चलिरहेको छ । पुस २८ गते राजधानीको नयाँ बजार स्थित सम्राट पार्टी प्यालेसमा अयोजित कार्यक्रममार्फत उनलाई राप्रपाका अध्यक्ष थापाले पार्टी प्रवेश गराएका थिए । उनी राप्रपा मनाङको अध्यक्ष बनेसँगै राप्रपामा असन्तुष्टि बढेको बताइन्छ । राप्रपाले मंगलबार ७४ जिल्लाको अधिवेशन गरेको थियो भने २९ जिल्लामा सहमतिबाट र ४५ जिल्लामा निर्वाचन भएको थियो । बारा जिल्लामा मात्रै अधिवेशन हुन बाँकी छ ।
0 comments