अमेरिकाद्वारा जारी गरिएका १ लाख भिसा रद्द

8:51 PM

अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पले यात्रा प्रतिबन्ध आदेश जारी गरे लगतै मुस्लिम बहुल ७ देशका १ लाख नागरिकहरुको भिसा रद्द गरीएको छ। एक सरकारी वकिलले उक्त कुराको जानकारी दिएको अमेरिकी संचार माध्यहरुले बताएका छन्।
आज भर्जिनियाको संघिय अदालतमा २ जना यमनी दाजुभाईको तर्फबाट मुद्दा दर्ता गराउने क्रममा वकिलले यस्तो तथ्य फेला पारेका हुन। यि दुई जनालाई गएको शनिवार अमेरिकाको डल्लास एयरपोर्ट बाट ईथियोपिया जाने प्लेनमा राखिएको थियो।
राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २७ मा जारी गरेको अध्यागमन सम्बन्धि कार्यकारी आदेश पछि भिसा भएका कति जनालाई डल्लास एयरपोर्टबाट फिर्ता पठाईयो भन्ने कुरा सरकारी वकिलले बताउन सकेका छैनन्।
यसै विच रद्द गरिएको भिसाको संख्यामा एकरुपता छैन्। सरकारी वकिल १ लाख भनिरहेका बेला स्टेट डिपार्टमन्टले त्यो संख्या करिब ६० हजारका भएको जनाएको छ। स्टेट डिपार्टमन्टको काउन्सिलर ब्युरोकी प्रवक्ता भर्जिनिया एलीएटले बताए अनुसार यो प्रकृयाले अमेरिका भित्रै भएकालाई असर गर्ने छैन् तर अमेरिका छोडेर गएपछि फिर्ता हुदा भने असर गर्नेछ। 
जस्टिस डिपार्टमन्टका एरेज रुभेनीका अनुसार कति जनालाई एयरपोर्ट बाट फर्काईयो भन्ने एकिन नभए पति ग्रिन कार्ड भएका सबैले अमेरिका प्रवेश पाएका छन र पाउने छन् तर यो व्यक्त्ति पिछे फरक पनि हुन सक्छ।
कार्यकारी आदेश अनुसार नै मुस्लिम बहुल ७ देशहरुका नागरिकहरुको भिसा रद्द गरिएको जनाईएको छ। राष्ट्रपति डोनाल्डको कार्यकारी आदेशले सिरियन शरणार्थीहरुलाई अनिश्चित कालका लागि र अन्य शरणार्थीका लागी १ सय २० दिन सम्मकालागि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाएको छ। त्यसै गरि मुस्लिम बहुल ७ देशका नागरिकहरुलाई ९० दिन अमेरिका प्रवेशमा रोक लगाएको छ।
यसै बिच न्यूयोर्क र म्यासाच्युटस् का संघिय न्यायाधिसहरुले भन्सार र सिमा सुरक्षा अधिकारिहरुलाई प्रवेश अनुमति पाए यात्रुलाई बन्दि नबनाउन र फिर्ता नपठाउन आदेश दिएका छन्।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images