यसरी चल्नेछन् अब नेपालमा विद्युतीय सवारी साधन

9:08 AM

१३ ठाउँमा चार्जिङ स्टेशन निर्माण हुने

देशभर स्टेशन विस्तार गर्दै जाने योजना बनाएको सिमेक्सले प्रत्येक चार सय किलोमिटर अर्थात २ घण्टाको ड्राइभिङ दुरीमा स्टेशनहरू रहने जनाएको छ। जसले गर्दा गाडी चालकहरूलाई चार्ज सकिने चिन्ता नहुने श्रेष्ठले  प्रष्ट पारे।
संसारभर विद्युतीय सवारीसाधनको माग र प्रयोग बढिरहे पनि नेपालमा यसको व्यावसायिक अभ्यास अझै भएको छैन।
वातावरणीय प्रदुषण न्यूनीकरणको लागि भन्दै विद्युतीय सवारीको प्रयोगमा जोड दिनुपर्ने गोष्ठि सेमिनारमा बाहेक व्यवहारमा लागू हुन सकेको छैन। 
बिजुलीको चार्जबाट चल्ने कार, गाडीहरू किन्न त किन्ने तर चार्ज सकिएपछि कहाँ चार्ज गर्ने?कसरी गर्ने? जस्ता व्यवहारिक कठिनाइकै कारण यस्ता साधन नेपालमा त्यति लोकप्रिय  हुन नसकेको व्यापारीहरू बताउँछन्।
अब विद्युतीय सवारी साधन प्रयोग नगर्नलाई विभिन्न बहाना बनाउनेहरुको लागि उत्तम विकल्पसहित व्यवसायिक बिक्री वितरण सुरु हुने भएको छ।
उपत्यका लगायतका विभिन्न स्थानमा लोडसेडिङ अन्त्य भएको र निकट भविष्यमा उत्पादन हुने बिजुलीको खपत कसरी बढाउने भनेर बहस भइरहेको बेला व्यक्तिगत प्रायोजनमा मात्र होइन सार्वजनिकमा पनि विद्युतीय सवारीको प्रयोग सुनिश्चित गर्नेगरी सिमेक्स नेपालले योजना सुरु गरेको छ।
यसअघि विना तयारी सवारी साधन ल्याइने गरेको तर त्यसको आम प्रयोगका लागि सम्भव नभए पनि अब पूर्वाधारसहित त्यस्ता सवारी सडकमा गुड्न सम्भव हुने सिमेक्सका प्रबन्ध निर्देशक नरेश श्रेष्ठले सेतोपाटीलाई बताए।
सन् २०१५ मा संसारमा सबैभन्दा बढी विद्युतीय  सवारी साधान बिक्री गर्न सफल चिनियाँ विद्युतीय ब्याट्री गाडी निर्माता कम्पनी बीवाईडीले निर्माण गरेका कार तथा गाडीको बिक्रीवितरण गर्नेगरी पूर्वाधार निर्माणमा आफूहरु जुटेको श्रेष्ठले बताए।
पहिलो चरणमा एसयुभी कार ल्याउने तयारी गरेको सिमेक्सले अहिले चार्जिङ स्टेशन निर्माणको लागि अध्ययन गरिरहेको प्रवन्ध निर्देशक नरेश श्रेष्ठले जानकारी दिए।
पहिलो चरणमा उपत्यकाका ६ र अन्य प्रमुख सहरहरुमा ७ वटा त्यस्ता स्टेशन निर्माणमा लागि परेको र यो काम अबको ६ महिनाभित्र सकिसक्ने श्रेष्ठले बताए।
उपत्यकाका बालुवाटार, जावलाखेल, सल्लाघारी, दरबारमार्ग, कलंकी र चाबहिलमा त्यस्ता स्टेशन निर्माण हुनेछन्। अरु साधन पेट्रोल पम्प गएजस्तै ती साधनहरु चार्जिङ स्टेशनमा जानेछन्।
उपत्यका बाहिर नेपालगञ्ज, पोखरा, बुटवल, नारायणघाट, वीरगञ्ज, बर्दिबास र इटहरीमा त्यस्ता स्टेशन निर्माण हुने सिमेक्सले जनाएको छ।
देशभर त्यस्ता स्टेशन विस्तार गर्दै जाने योजना बनाएको सिमेक्सले प्रत्येक चार सय किलोमिटर अर्थात २ घण्टाको ड्राइभिङ दुरीमा स्टेशनहरू रहने जनाएको छ। जसले गर्दा गाडी चालकहरूलाई चार्ज सकिने चिन्ता नहुने श्रेष्ठले  प्रष्ट पारे।
चार्जिङ  स्टेशनको सञ्जाल विस्तार गर्ने मात्र नभई कम्पनीले यात्रुबहाक ठूला बस पनि नेपालमा ल्याउने जनाएको छ।

सबैभन्दा पहिला कम्पनीले नेपालमा ‘बीवाइडी इ सिक्स’ कार ल्याउने जनाएको छ। एक पटक चार्ज गरेपछि चार सय किलोमिटर ड्राइभिङ गर्न मिल्ने यो कारको अधिकतम गति प्रतिघण्टा एक सय ४० किलोमिटर रहने बताइएको छ। चीनमा यसको मूल्य नेपाली ५८ लाख रुपैयाँ रहेको छ। नेपालमा कति हुन्छ भन्ने बारेमा जानकारी दिइएको छैन।
त्यस्तै प्यासेन्जर बसको रुपमा देशभर चलाउन तथा काठमाडौं उपत्यकामा चलाउनको लागि ‘वीवाइडी के नाइन’ गाडी पनि कम्पनीले ल्याउने भएको छ। सार्वजनिक यातायातमा चलाउन मिल्ने यी सवारी सुविधा सम्पन्न हुने श्रेष्ठले जानकारी दिए।
प्रदूषण नियन्त्रण सबैको लक्ष्य भएको समयमा सरकारको पनि यसमा साथ र सहयोग हुने सिमेक्सले विश्वास लिएको छ।
प्यासेन्जर बसको रूपमा चलाउन उपयुक्त हुने ‘बीवाइडी के नाइन’ उपत्यकामा चलाउनको लागि विभन्न निकायहरुसँग छलफल गरिरहेको तर यसबारेमा निष्कर्षमा नपुगेको श्रेष्ठको भनाई छ।
‘हामीले महानगरपालिका, विभिन्न यातायात कम्पनीहरुसँग यसबारेमा छलफल गरका छौँ’, उनले भने, ‘हामीले पूर्वाधारको ग्यारेन्टी गरेपछि यसको सफल सञ्चालन हुनेमा विश्वस्त छौँ।’

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images