ओलीले थाले सरकार ढाल्ने अभियान, भारतीय राजदूतसँग डेढ घण्टा गोप्य वार्ता
9:30 AM
काठमाडौँ, २६ माघ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्ने अभियानलाई तीव्र पारेका छन् ।
संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै ६ महिना पुगेलगत्तै सरकार ढाल्न तल्लिन हुने पुरानो राजनीतिक खेललाई निरन्तरता दिँदै ओलीले समिति नै बनाएर सरकार ढाल्ने अभियान थालेको खुलेको छ ।
संक्रमणकालीन अवस्थाको फाइदा उठाउँदै ६ महिना पुगेलगत्तै सरकार ढाल्न तल्लिन हुने पुरानो राजनीतिक खेललाई निरन्तरता दिँदै ओलीले समिति नै बनाएर सरकार ढाल्ने अभियान थालेको खुलेको छ ।
सरकार गठनदेखि नै सरकारका विरुद्ध दुष्प्रचार गर्दै आएका एमाले अध्यक्ष ओलीले केही सातादेखि सरकार ढाल्न अनौपचारिक संवादलाई तीव्र बनाएका छन् ।
ओलीनिकट उच्च स्रोतका अनुसार उनले प्रचण्ड सरकार ढाल्नका लागि भारतीय राजदूत रञ्जिन रायदेखि प्रमुख सत्ता साझेदार दल कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका छन् ।
उनीनिकट स्रोतका अनुसार ओलीले सरकार ढाल्नका लागि पूर्वसभामखु सुवासचन्द्र नेम्वाङको नेतृत्वमा समिति समेत बनाएका छन् । उक्त समितिमा एमाले उपाध्यक्ष भीम रावल र विष्णु पौडेल छन् ।
उनीनिकट स्रोतका अनुसार ओलीले सरकार ढाल्नका लागि पूर्वसभामखु सुवासचन्द्र नेम्वाङको नेतृत्वमा समिति समेत बनाएका छन् । उक्त समितिमा एमाले उपाध्यक्ष भीम रावल र विष्णु पौडेल छन् ।
भारतीय राजदूतसँग गोप्य भेट
गत शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भारतीय राजदूत रञ्जि रेसँग विराटनगरस्थित एक होटलमा भेट गरेको खुलासा भएको छ ।
गत शुक्रबार पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भारतीय राजदूत रञ्जि रेसँग विराटनगरस्थित एक होटलमा भेट गरेको खुलासा भएको छ ।
स्रोतका अनुसार शुक्रबार बेलुका ९ बजे उनीहरुबीच करिब डेढ घण्टा वार्ता भएको थियो । शनिबार विराटनगरमा आयोजना भएको पार्टीनिकट प्रेस चौतारी नेपालको वर्षगाठमा आयोजित कार्यक्रमका लागि त्यहाँ पुगेका उनले राजदूत रेलाई सरकार ढाल्ने अभियानमा रेसँग साथ खोजेका हुन् ।
राजदूत रे धारनस्थित एक कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका थिए । करिब साँझ ७ बजेतिर विराटनगर पुगेका रे विराटनगर विमानस्थल नजकै रहेको होटल एसियाटिकमा खाजा खान छिरेका थिए । त्यसपछि अर्कै होटमा ओली र उनीबीच भेटवार्ता भएको थियो ।
राजदूत रेले आफूले सबै कुरा बुझेर मात्र जवाफ दिने बताएको स्रोतले जनायो । यद्यपी ओलीले भने भारतको साथ अनिवार्य भएकाले त्यसमा समर्थन गर्न अनुरोध गरेका थिए ।
फर्केलगत्तै देउवासँग छलफल
राजदूत रेसँगको छलफलपछि ओलीले कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए । आइतबार राजधानीस्थित एक नीजि घरमा भएको भेटका क्रममा ओलीले प्रधानमन्त्रीको अफर गरेको खुलेको हो ।
राजदूत रेसँगको छलफलपछि ओलीले कांग्रेस सभापति देउवासँग छलफल गरेका थिए । आइतबार राजधानीस्थित एक नीजि घरमा भएको भेटका क्रममा ओलीले प्रधानमन्त्रीको अफर गरेको खुलेको हो ।
‘प्रचण्डबाट चुनाव हुने आशा नगरे हुन्छ, एमाले, राप्रपा र विजय कुमारजीको पार्टीका समेत समर्थनमा तपाई प्रधानमन्त्री बन्नुस अनि चुनावमार्फत संविधान कार्यान्वयन गर्ने ऐतिहासिक जिम्मेवारी पूरा गर्नुस’ ओलीले देउवालाई भनेका थिए । तर देउवाले भने तत्काल प्रचण्डलाई धोका दिन नसक्ने बालुवाटारको बिफ्रिङमा बताएका थिए ।
नेम्वाङले थाले छलफल
सरकार ढाल्नका लागि कांग्रेस लगायतका नेतासँग छलफल गर्ने जिम्मेवारी पाएका एमाले संसदीय दलका उपनेता नेम्वाङले सरकार ढाल्नका लागि कांग्रेस र राप्रपाका नेतासँग छलफल गरेका छन् ।
सरकार ढाल्नका लागि कांग्रेस लगायतका नेतासँग छलफल गर्ने जिम्मेवारी पाएका एमाले संसदीय दलका उपनेता नेम्वाङले सरकार ढाल्नका लागि कांग्रेस र राप्रपाका नेतासँग छलफल गरेका छन् ।
कांग्रेस नेता रामचन्द्र पौडेल, शशांक कोइराला, शेखर कोइराला र राप्रपा नेतासँग आफूले छलफल गरेको नेता नेम्वाङले खबर डबलीलाई जानकारी दिए । यद्यपी उनले आफ्नो पार्टीलाई सत्ताको लोभ नभएको बताए ।
नेता नेम्वाङले सरकार ढाल्नकै लागि पार्टीले समिति नबनाएको समेत जिकिर गरे । तर उनी नेतृत्वको समितिले केही सातादेखि लगातार वार्ता गरिररहेका छन् ।

0 comments