कुख्यात भारतीय अपराधीहरु नेपालमा लुकिछिपी बस्दै

9:44 AM

पर्सा , भारतका कुख्यात अपराधी बब्लु दुबेको दाहिने हात मानिएका बब्लु पासवानले वीरगंजका उद्योगपति सुरेस केडियाको अपहरणमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । बिहार प्रहरीको खोजीको सूचीमा रहेका पासवानले न्युज २४ संग गोप्य स्थानमा कुरा गर्दै आफ्नो संलग्नता केडियाको अपहरणमा पनि नरहेको र पर्सा प्रहरीलाई धम्की पनि नदिएको स्पष्ट पारेका छन् ।

वीरगंजका प्रख्यात उद्योगी घराना केडिया समुहका सुरेस केडियाको गत जेष्ठ १५ गते बाराको बरियारपुर पसाह खोला नजिकबाट अपहरण भएको थियो । केडियाको अपहरणको अभियोगमा बिहारको बेतिया जेलमा बन्दी जीवन बिताईरहेका कुख्यात अपराधी बब्लु दुबेको योजनामा भएको प्रहरी अनुसन्धानबाट खुलेको थियो । नेपाल प्रहरी र बिहार प्रहरीको सक्रियतामा केडिया भारतको मोतिहारीको कटुवाबाट तीन दिन पछि मुक्त भएका थिए । बिहारको रक्सौल स्थित मौजे निवासी बब्लु पासवान दुबे गिरोहका मुख्य सदस्य मध्ये एक थिए । दुबे कै निर्देशनमा अपराधिक घटना घटाउने गरेका नेपाल तथा भारतीय प्रहरीले दाबी गरेको भए ता पनि पासवानले दुबे संग आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । र आफुले पर्सा प्रहरीलाई कुनै धम्की नदिएको जिकिर गरेका छन् ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images