मध्यरातमा प्रेमीको एसिड प्रहारबाट घाइते प्रेमीकाको उपचारका क्रममा निधन, यसकारण प्रेमिकालाई एसिड प्रहार गरेका थिए यि प्रमीले
8:22 AM
उपमहानगरपालिका–६ स्थित मेरिडियन होटलको कोठा नं १०३ मा बास बस्न गएका धादिङ नौबिसेका २८ वर्षीय सुनिल कोइरालाले नवलपरासी गैँडाकोट–५ की २७ वर्षीया तुल्सा सापकोटालाई तेजाब प्रहार गरेको अभियोग प्रहरीले लगाएको छ ।
राति पौने १२ बजेतिर होटलमा बास बस्न गएका ती युवक र युवती मदिरा सेवन गरी सुतेको र सुतेको केही समयपछि झगडा हुँदा युवकले तेजाब प्रहार गरेको प्रहरीले बताएको छ ।
तेजाब प्रहार गर्दा गम्भीर घाइते भएकी सापकोटाको बुटवलस्थित लुम्बिनी अञ्चल अस्पतालमा उपचार हुन नसकी भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा उपचारका क्रममा आज अपराह्न मृत्यु भएको हो । सापकोटाको शव भैरहवास्थित भीम अस्पतालमा राखिएको छ । अभियुक्त कोइराला भने प्रहरी नियनियन्त्रणमा रहेको रुपन्देही प्रहरीले जनाएको छ । रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र धानुकका अनुसार योजनाबद्ध तरिकाले कोइरालाले सापकोटालाई तेजाब प्रहार गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
0 comments