ठमेलबाट ३७ जना बङ्गलादेशी नागरिक पक्राउ

9:31 AM



काठमाडौँ, २३ माघ, ठमेलका विभिन्न ठाउँबाट ३७ जना बङ्गलादेशी नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ । सोह्रखुट्टे प्रहरी वृत्त प्रमुख, प्रहरी नायब उपरीक्षक सोमेन्द्रसिंह राठौरका अनुसार पक्राउ परेका उनीहरुको साथमा राहदानीलगायत कुनै कागजात छैन । प्रारम्भिक अनुसन्धानबाट बङ्गलादेशबाट भारत हुँदै नेपाल आएका उनीहरुले नेपालमा सिलाइकटाइको काम गर्दै आएका थिए । प्रनाउ राठौरले भने, “उनीहरुको अन्तिम लक्ष्य नेपालको नागरिकता र राहदानी बनाएर विदेशमा रोजगारीका लागि जाने देखिन्छ ।" पक्राउ परेकामा १९ वर्षदेखि ३४ वर्षसम्मको उमेरका रहेका छन् । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images