कतार विमानले यसरी राख्यो विश्वको सबैभन्दा लामो उडानको कीर्तिमान
2:20 AMअकल्याण्ड, २५ माघ, विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित तालिकाअनुसार न्यूजिल्याण्डको अकल्याण्ड अवतरण भएको छ । कतार कम्पनीको विमान नम्बर क्यूआर ९२० ले आफ्नो निर्धारित १४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारित समयभन्दा केही मिनेट पहिल्यै अकल्याण्डमा अवतरण भएको उक्त विमान कम्पनीले ट्वीटरमार्फत जनाएको छ । यससँगै कतारको राजधानी दोहाबाट अकल्याण्डका लागि उडेको उक्त विमानले यस पहिले दुबईको इमिरेट्स विमान कम्पनीले दुबईबाट अकल्याण्डसम्मको दूरी पार गरी केही समय पहिले विश्वको सबैभन्दा लामो उडान गरी राखेको किर्तिमानलाई छायाँमा पारिदिएको छ । इमिरेट्स कम्पनीको विमानले कतारको विमान कम्पनीको भन्दा ३०० किलोमिटर कम उडान भरेर रेकर्ड बनाएको थियो ।
0 comments