डिभि परेर आएका नेपाली युवक अलपत्र, दूतावासले सहयोग गरेन

7:14 PM

डिभि चिट्ठा परेर अमेरिका आएका कास्की ढिकुर पोखरीका खेम अधिकारी अमेरिकामा अलपत्र परेर सेल्टरमा पुगेका छन। गएको अक्टोवर २३ मा अमेरिका पुगेका अधिकारी सामान्य अपांग हुन। ‘एउटा आँखा राम्रोसँग देख्दिन। अलि शरिर कमजोर छ। त्यसैले कसैले सहयोग गरेनन।’ सहयोगका लागी रुदै सेतोपाटीसँग अधिकारीले भने ‘नेपाल फर्कन पनि पैसा छैन।’
गएको १२ दिन देखि बाल्टिमोरको कोड ब्लु सेल्टरमा रहेका अधिकारीको उद्धारका लागी उनकी केस म्यानेजर स्यामान्सले नेपाली दूतावासमा समेत सम्पर्क गरेकी थिइन। ‘तपाइको दूतावासमा टेलिफोन सम्पर्क गरेकी थिए, फोन उठेन। म्यासेज छोडेकी थिए कुनै रेस्पोन्स आएन। सेल्टरभित्रको बातावरणले खेम आत्तिएको जस्तो देखिन्छन्। उनका लागी हामी सक्दो सहयोग जुटाउने काम गरिरहेका छौँ।’ स्यामान्सले बताइन।
अक्टोवरमा न्युयोर्क पुगेका अधिकारीलाइ एक जना नेपालीले पेन्सेल्भेनियाको आँगन रेष्टुरेन्टमा काम गर्न पठाएका थिए। ‘मैले काम गर्न सक्दैन भनेर हो कि सबैले पन्छाउने मात्र काम गरे।’ खेम बताउँछन्। गएको दुइमहिनामा उनलाइ नेपालीहरुले नै धेरै ठाउँमा बोलाए र निकाले। ‘बाल्टिमोर पुगेपछि एकजना नेपालीले सेल्टरमा जाने भनेर साेध्नु भयो। म धेरै अ‌ग्रेजी बुझन सक्दिन। मैले जाने भने पछि उहाँले यतै ल्याएर राखिदिनु भयो।’

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images