बाघको आक्रमणबाट प्रहरी निरीक्षकसहित चारजना गम्भीर घाइते

12:42 AM

पर्सा, २५ माघ, जिल्लाको महुवन गाविसमा आज जङ्गलबाट आएको बाघले आक्रमण गर्दा एक प्रहरी निरीक्षकसहित चारजना सख्त घाइते भएका छन् । पर्साको महुवन गाविसको खेतमा काम गरिरहेका बेला अचानक जङ्गलबाट आएको बाघले आक्रमण गर्दा पर्सा लखनपुर गाविस–९ का मोतीलाल यादव, आसमान राउत कुर्मी तथा रामनगरी–७ का महेन्द्र सहनी घाइते भएका हुन् । बाघले आक्रमण गरेको स्थानीय बासिन्दाले पर्सा प्रहरीलाई जानकारी दिएपछि अस्थाई प्रहरी चौकी महुवनका इन्चार्ज अरुण झा र इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चक्र शाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बाघलाई धपाउन खोज्दा बाघले प्रहरी निरीक्षक शाह र अरुण झालाई आक्रमण गरेर गम्भीर घाइते बनाएको छ ।  यसैबीच, मानव वस्तीमा प्रवेश गरी सर्वसाधारणमाथि आक्रमण गर्ने बाघलाई आज अपरान्ह प्रहरीले गोली हानेर मारेको छ । प्रहरीले चलाएको गोली लागी घाइते भएको बाघ पर्साको लखनपुर–७ एकडढवा टोलमा रहेको बाँसको झ्याङबाट मृत अवस्थामा फेला परेको हो । बाघको आक्रमणमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक चक्रबहादुर शाह, लखनुपर–९ का मोतीलाल यादव, आसमन पटेल र रामनगरी–७ का महिन्दर सहनीलाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images