एयरपोर्टमा जेट एयरवेजको विमान चिप्लियो,ठूलो दुर्घटनाबाट जोगियो

7:12 AM

भारत (गोवा)।भारतको गोवाबाट मुम्बई उड्न लागेको जेट एयरवेजको विमान ठूलो दुर्घटनाबाट जोगिएको दि टाइम्स अफ इन्डियाले जनाएको छ ।
दाबोलिम एयरपोर्टबाट मुम्बई जान लागेको ९ डब्लु २३७४ कल साइनको सो विमान उड्नै लाग्दा प्राविधिक समस्याका कारण धावन मार्गमै चिप्लिएको बताइएको छ ।
सो विमानमा १५४ यात्रु र ७ जना चालक दलका सदस्यसहित १६१ यात्रु भएको बताइएको छ ।समाचार अनुसार जेट एयरवेजका सबै यात्रु सुरक्षित रहेको र दिउँसो १२:३० बजेसम्मका लागि विमानस्थल बन्द गरिएको छ ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images