मोटरसाइकलको ठक्करबाट पैदलयात्रुको मृत्यु
6:52 PM
२७ माघ, चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको कुरिनटारमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रुको मृत्यु भएको छ ।
सँगै हुइँकिरहेको दुई वटा मोटरसाइकलले पालैपालो ठक्कर दिँदा चितवन दारेचोकको पूर्णबहादुर चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल चालक चितवनको दारेचोककै जापान मगर र सुसन उप्रेती घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले जानकारी दिए ।
मुग्लिनबाट काठमाडौं जादै गरेको ग ८ प ६५६७ र ग ९ प ५३५१ नम्बरको मोटरसाइकलले पालैपालो ठक्कर दिँदा सडक छेउवा हिँडिरहेका चेपाङको मृत्यु भएको हो ।

0 comments