गृहमन्त्री निधिको राजीनामा !
2:32 AMकाठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिबीच प्रहरी महानिरीक्षक नियुक्तिसम्बन्धी विषयलाई लिएर गम्भीर मतभेद पैदा भएको छ। गृहमन्त्री निधि गत साता नै आईजीपी नियुक्तिसम्बन्धी प्रस्ताव मन्त्रिमण्डलको बैठकमा प्रस्तुत गरी निर्णय गराउन चाहन्थे।
उनले आफ्ना सचिव लोकदर्शन रेग्मीलाई आईजीपी नियुक्तिसम्बन्धी प्रस्ताव तयार गर्न आदेश दिदाँ गृहसचिव रेग्मीले कसको नाम राखेर प्रस्ताव बनाउने भनी जिज्ञाशा राखेको र निधिले बरियताक्रममा अगाडी रहेका नवराज सिलवाललाई नियुक्त गर्न नसकिने भन्दै प्रस्ताव तयार गर्न मानेनन्। रेग्मीले कांग्रेस सभापति शेरबहादुर देउवाको अनुमति लिन आवश्यक भएको भन्दै प्रस्ताव तयार गर्न नमानेको बताइन्छ। कांग्रेस सभापति शेरबहादुर देउवाको अनुपति लिन आवश्यक भएको भन्दै सचिवले प्रस्ताव तयार गर्न अस्वीकार गरेपछि निधिले गत बिहिबार (२० माघ) पार्टी सभापति देउवासंग भेटी नवराज सिलवाललाई आईजीपी बनाउन प्रस्ताव गरेका थिए।
तर, देउवाले निधिको कुरामा सहमति जनाएनन्। बरु भने, ‘देशमा यो वर्ष चुनाव गराउनुपर्नेछ, त्यसैले नवराज सिलवाललाई आईजीपी बनाउने पक्षमा म छैन।’ निधिले ‘चुनाव गराउनुपर्ने भएकैले नवराजलाई आईजीपी बनाउनुपर्छ, उनी सक्षम छन् र वरियताक्रममा पनि अगाड छन्’ भनेपछि देउवाले ‘कुनै हालतमा नवराजलाई बनाउन सकिँदैन’ भन्ने जवाफ दिएको बताइन्छ। देउवाको कुरा सुनेपछि निधि झोक्किएका र उनले ‘त्यसो भए म गृहमन्त्रीबाट राजीनामा दिन्छु’ भनेको घटना र विचार साप्ताहिकमा आज खबर छापिएको छ।
घटना विचार लेख्छ, निधिले राजीनामा दिने ‘धम्की’ दिँदा पनि देउवाले आफ्नो अडान बदलेनन्। भनिन्छ, देउवा आईजीपीका विषयमा लिएको अडानबाट पछि हट्ने अवस्थामा छैनन्, बरु निधिको राजीनामा स्वीकार गर्ने मानसिकतामा उनी रहेका छन्। सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसंग पनि नवराज सिलवाललाई आईजीपी नबनाउन भनेका छन्।
0 comments