पेन्सनको पैसाले सडक

9:57 PM

माघ २१, २०७३- गाउँलेलाई पुनर्निर्माण गर्न ढुवानीको समस्या भएपछि बोच गाविसका एक व्यक्तिले पेन्सनबाट आएको रकम खर्चेर साढे तीन किलोमिटर सडक निर्माण गरेका छन् ।
उक्त सडक खुल्नेबित्तिकै गाउँलेलाई घर पुनर्निर्माणका लागि सामग्री ढुवानी गर्न सजिलो भएको छ । 
तीनसय ४१ घरधुरी रहेको गाउँमा गाडी पुग्नेबित्तिकै भूकम्पपीडितले घर बनाउनका लागि सामाग्री ढुवानी गर्न थालेको गाविस सचिव तीर्थराज घिमिरेले बताए । 
बोच गाविसस्थित वडा नं. ६ र ७ का बासिन्दालाई पायक पर्ने सडक निर्माण गर्न स्थानीय भूपु सुवेदार डम्बरबहादुर कार्कीले १० महिनाको पेन्सनबाट आएको एक लाख ५२ हजार छ सय रुपैयाँ खर्च गरेका हुन् । डम्बरका १०४ वर्षीया आमा मासोभा कार्कीले सडक उद्घाटन गर्दा गाउँलेले खुसी हुँदै नाचगान गरेका थिए । 
उक्त सडकबाट पहिलोपटक आएको मोटरलाई गाउँलेले पूजा गर्दै भित्र्याएका थिए ।
करिब ९ दिन डोजरले खनेपछि गाविसको स्वीकृतिअनुसार गुम्बाडाँडादेखि कार्की गाउँ लप्से च्यानडाँडासम्म सडकको ट्रयाक निर्माण सम्पन्न भएको थियो । गाउँमा सडक पुर्‍याउनका लागि पाँचबर्ष धाउँदा पनि कसैले सहयोग नगरेपछि गाविसको स्वीकृतिअनुसार निर्माण थालेको डम्बरले बताए । 
उनले आफ्नो स्वर्गीय पिता टेकबहादुर कार्कीको सम्झनामा स्वेच्छाले सडक निर्माणमा खर्च गरेको बताए । 
सडक उद्घाटन कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधिले डम्बरबहादुरको योगदानका प्रशंसा गरेका थिए । कार्यक्रमपछि दलहरुको सहमतिमा उक्त सडकको नाला र सोलिङ गर्नका लागि गाविसले डेढ लाख विनियोजन गरिदिएको छ । 
निजी लगानीमा बनेको साढे तीन किलोमिटर सडक पार गरेर गाउँमा मोटर आएपछि खुसियाली मनाउँदै बोच गाविस स्थानीय । तस्बिर : कान्तिपुर 




You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images