‘मोटरसाइकल ट्याक्सी’ कानून बिपरीत!

8:05 AM

यातायात व्यवस्था विभागले मोटरसाइकलमा ट्याक्सी सेवा दिन नपाईने बताएको छ। एउटा प्रायोजनका लागि दर्ता भएको सवारीबाट अर्कै सेवा दिएमा त्यो कानून बिपरीत हुने प्रष्ट पारेको छ। 
 
व्यक्तिगत प्रयोजनको लागि दर्ता भएको मोटरसाइलले कसैबाट भाडा लिएर संचालन गर्न नपाईने र त्यसरी विभागले कसैलाई पनि अनुमति नदिएको विभागका प्रवक्ता टोकराज पाण्डेले जानकारी दिए।
 
यदि त्यसरी कसैले कानूनको आँखा छलेर काम गरेमा केही दिनलाई बचेर हिँडेपनि कारबाही गरेरै छाड्ने उनले प्रष्ट पारे। 
 
यसअघि मोटरसाइकलबाट ट्याक्सी सेवा दिन भन्दै एउटा मोबाइल एप्लीकेशन निर्माण गरिएको थियो। 
 
‘टुटल ’ नाममो उक्त एपको माध्यमबाट आफू भएको ठाउँमा मोटरसाइकललाई बोलाउन सकिने व्यवस्था एउटा समूहले गरेको थियो। 
 
बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म रहने उक्त सेवामा आफू रहेको ठाउँ र पुग्न चाहेको गन्तव्य तथा समय लेखेर एपमार्फत प्रस्ताव गरेपछि एपमा आवद्ध नजिकैको दुरीमा भएका मोटरसाइकल चालकलाई प्रस्ताव जाने  र ति चालकले सेवा दिने बताइएको थियो।  
 
 मोटरसाइकल चालक पनि सहभागी हुन सक्ने टुटल एप कम्पनीले  सेवा दिनका लागि ५ सय मोटरसाइकलको सहभागिता भइरहेको जनाएको थियो। 
 
कम्पनीले हाल पनि  दैनिक ४० भन्दा बढी संख्याले यो सेवा लिइरहेको बताएको थियो।  यो सेवा लिइसकेपछि सेवाग्राहीले न्यूनतम अर्थात ३ किलोमिटरसम्मको दुरीमा यात्रा गर्दा ५० रुपैयाँ शुल्क बुझाउनुपर्ने कम्पनीले जानकारी दिएको छ। 
 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images