सरकार निर्वाचनबाट भाग्न खोज्दैछः एमाले सचिव ज्ञवाली

8:31 PM

युएई । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले वर्तमान सरकार निर्वाचनबाट भाग्न खोजेकोे आरोप लगाएका छन् ।
प्रवासी नेपाली मञ्च युएईको दोस्रो परिषद् भेलालाई सम्बोधन गर्दै ज्ञवालीले बर्तमान सरकार निर्बाचनबाट भाग्न खोजे व्यापक दबाव सिर्जना गरेर भए पनि निर्बाचन गराइ छाड्ने बताएका हुन् ।
संबैधानिक आयोगले तयार पारेको स्थानीयतहको पुनर्संरचना प्रतिवेदन मन्त्रिपरिषदले परिवर्तन गर्ने निर्णय गर्दै मन्त्रीस्तरीय समिति बनाएकोमा आपत्ति जनाउदै ज्ञवालीले भने, ‘यो निर्बाचन हुन नदिन गरिएको आलटाल हो’ । साथै उनले निर्बाचनको मिति तोक्ने काम सरकारको भएको भन्दै ज्ञवालीले निर्बाचन आयोगलाई तयारी थाल्न निर्देशन दिएर मात्र नहुने बताए ।
एमालेले संविधान निर्माण एवम् नाकाबन्दीका बेला लिएको राष्ट्रियता र दुरदर्शी अडान जनतामाझ छर्लङग भएकाले अब तीनै तहको निर्बाचनमा एमालेको शानदार जित हुने दाबी गरे । संविधान परिवर्तनीय भए पनि अहिलेको सरकारले अगाडि सारेको संविधान संसोधनको प्रस्ताव औचित्यहिन भएको उनले दाबी गरे ।
नेपालको संविधान नब्बे प्रतिशत भन्दाबढी सभासदको समर्थनमा बनेको र लोकतान्त्रिक ब्यवस्था, समावेशी सिद्धान्त, सामाजिक न्याय र मुलुकको दिशाका हिसाबले विश्वमै उत्कृष्ट बनेको उनले दाबी गरे ।  वर्तमान सरकारका परराष्ट्रमन्त्रीको छ पटक भारत भ्रमण गर्नु लज्जाजनक भएको ज्ञवालीले बताए ।
कार्यक्रममा युएईका लागि नेपाली दुतावासका कार्यबाहक राजदुत नेत्रबहादुर टण्डनले बैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या युएईमा भन्दा नेपालकै सरोकारवाला निकायको कमजोरीका कारण भन्दै समाधानका लागि पहल गर्न ज्ञवालीको ध्यानाकर्षण गराए । उनले दुबईमा कन्सुलेट खोल्नु पर्ने युएईमा काम गर्ने धेरै नेपालीको माग भएको भन्दै त्यसतर्फ पनि ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा जनसम्पर्क समिति युएईका सभापति चित्रबहादुर केशीले संविधान कार्यान्वयनका लागि प्रमुख दलहरु मिलेर जानुको बिकल्प भएको बताए । प्रवासी नेपाली मञ्च युएईका अध्यक्ष श्याम कंडेलको अध्यक्षता तथा श्याम पाठकको संचालनमा भएको कार्यक्रममा मञ्चका कृष्ण पौडेलले स्वागत मन्तव्य राखेका थिए ।
कार्यक्रममा प्रवासी नेपाली एकता समाज युएईका शशि सिलवाल, नेपाली एकता समाज युएईका जय बिकलगायतले परिषद भेलाको सफलताको शुभकामना दिएका थिए । प्रवासमा मताधिकार रेमिटान्सको सदुपयोगको नीति कार्यान्वयनका लागि ध्यान दिनुपर्नेमा उनीहरुले जोड दिएका थिए ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images