एकाएक लोडसेडीगं हटाएर चर्चामा आएका उर्जामन्त्री शर्माले फेरी गरे अर्को आशालाग्दो कुरा
10:09 AM
नेकपा (माओवादी केन्द्र) इलामद्वारा आज आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा मन्त्री शर्माले स्थानीय तहमा चुनाव महत्वपूर्ण भएकाले मधेसी दलसँगको सल्लाह र सहमतिमा चाँडै निर्वाचन मिति घोषणा गर्ने बताउनुभयो ।
“निर्वाचनसम्बन्धी सबै ऐन बनिसकेको छ, त्यहीअनुसार मन्त्रिपरिषद्ले निर्वाचन आयोगलाई चुनावको तयारी थाल्न निर्देशन दिइसकेको छ,” उहाँले भन्नुभयो । पुनःसंरचना आयोगले सरकारको निर्देशन बमोजिम काम गरिरहेको बताउँदै उहाँले पुनःसंरचनाले देश विकासमा टेवा पुग्ने विचार व्यक्त गर्नुभयो ।
राष्ट्रलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ सरकारले उज्यालो नेपाल अभियान सञ्चालन गरेकाले आगामी १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादन गर्न ऊर्जा मन्त्रालय लागिपरेको मन्त्री शर्माले बताउनुभयो ।
“धेरै विद्युत् उत्पादन भयो भने बिक्री हुँदैन, खपत नै हुँदैन भन्ने कुरा आउँछ तर त्यो बिजुलीलाई उपयोग गरी स्वदेशमै उद्योग र कलकारखानाको स्थापना गरी मुलुकलाई नै औद्योगीकरणतर्फ उन्मुख गराउने योजना बन्दैछ,” उहाँले भन्नुभयो ।
“धेरै विद्युत् उत्पादन भयो भने बिक्री हुँदैन, खपत नै हुँदैन भन्ने कुरा आउँछ तर त्यो बिजुलीलाई उपयोग गरी स्वदेशमै उद्योग र कलकारखानाको स्थापना गरी मुलुकलाई नै औद्योगीकरणतर्फ उन्मुख गराउने योजना बन्दैछ,” उहाँले भन्नुभयो ।
‘नेपालको पानी, जनताको लगानी’ नाराका साथ उर्जा क्षेत्रमा देखिएका तमाम समस्यालाई समाधान गरेर साना विद्युत् आयोजनालाई असारसम्ममा र ठूलालाई त्यसको क्षमता हेरी निश्चित समयभित्र सम्पन्न गर्न निर्देशन दिइसकेको मन्त्री शर्माको भनाइ छ । तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने विद्युत् कम्पनीलाई कारबाही गर्ने मन्त्री शर्माले कडा चेतावनी दिनुभयो ।
ऊर्जा क्षेत्रमा देखिएका समस्या समाधान गरी देशलाई विद्युत्भार कटौतीमुक्त गर्ने अभियानका लागि मन्त्री शर्माले ३७बुँदे कार्ययोजना बनाएको बताउनुभयो ।
पूर्वकै सबैभन्दा ठूलो तमोर जलाशययुक्त आयोजना कसरी सुरु गर्ने भन्ने विषयमा मन्त्रालयमा छलफल भएको बताउँदै मन्त्री शर्माले भन्नुभयो – “जुन ठाउँमा आयोजना बन्छ, त्यहीका जनताको लगानी रहन्छ, त्यसो गर्दा अन्यत्रको खासै लगानी गर्नुपर्दैन आयोजनासमेत समयमा बन्छ ।” जनताकै लगानीबाट दूधकोसी, उत्तरगङ्गा, नरसिङ्गा, पश्चिमसेतीलगायतका आयोजना चाँडै सुरु गरिने उहाँले बताउनुभयो ।
0 comments