भारतीय विज्ञापनमा नायिका प्रियङ्का कार्की (भिडियोसहित)

1:07 AM

काठमाडौँ, २६ माघ, अहिलेकी चर्चित नेपाली अभिनेतृ प्रियङ्का कार्की अब भने भारतीय विज्ञापनमा पनि छाउने भएकी छिन् । उनले हालै मात्र 'इट ओ' नामक भारतीय चाउचाउको विज्ञापनमा अभिनय गरेर बलिउड तिर पाइला अगाडि बढाएकी हुन् ।  चालिस सेकेण्डको यो विज्ञापनलाई नेपाली प्रोडक्सन हाउस 'जी ट्वेन्टी वान' ले निर्माण गरेको हो । बानेश्वर स्थित रियल टाइम स्टुडियोमा रेकर्ड गरिएको यो विज्ञापनमा अराज केशव र मोहित मुनालको पनि आवाज र अभिनय रहेको छ । यो विज्ञापनमा प्रियङ्का आमाको भूमिकामा देखिएकी छिन् भने अराज र मोहित उनका दुई छोराका रुपमा देखिएका छन् ।  यो विज्ञापनले अब प्रियङ्का कार्कीलाई बलिउड प्रवेशको लागि ढोका खोलिदिएको सबैको बुझाइ छ । 



You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images