अल्ट्रा धाविका मिरा राई सम्मानित
9:19 PMकाठमाडौं, २१ माघ, नेपाली अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा एक कार्यक्रम गरी नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाउने काम गरेको भन्दै राईलाई संघले सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले देशको नाम विश्वमा चिनाउन सफल खेलाडीहरूलाई उत्साहित र उर्जावान बनाउनको लागि सञ्चारकर्मीले कुनै पनि कसर बाँकी नराख्ने बताउदै मिरा राईलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरे । सभापति धमलाले भने, 'देशको नाम चिनाउनको लागि खेलाडिहरूले ठुलो मेहनत र संघर्ष गरेका छन्, यस्ता प्रतिभाहरूलाई राज्यले पनि हेर्नुपर्छ ।' उक्त सम्मान कार्यक्रममा मिरा राईका बालाजु कराते एकेडेमीका अध्यक्ष एवम् अन्तर्राष्ट्रिय रेफ्री धुव्र विक्रम मल्ल पनि सम्मानित भएका छन् । कार्यक्रममा धाविका मिरा राईले अझै पनि देशको नामलाई उचाईमा पुर्याउन र भावि पुस्ताका भाइबहिनीलाई पनि उत्साहित बनाउनमा आफू प्रतिबद्ध रहने बताईन् ।
0 comments