

यी हुन देशको काल भन्दै विश्वेन्द्र पासवानले देशका शिर्ष ब्यक्तिहरुको नाम लिने क्रममा, शुरु ‘प्रचण्ड’बाट नै गरे। हेरौं पासवानको दमदार भाषण, भिडियो:
काठमाडौँ, १ फागुन, आजको नागरिक राष्ट्रिय दैनिकमा के–कस्ता खबर छापिए संक्षेपमा हामी प्रस्तुत गर्नेछौँ । आजको नागरिक दैनिकले 'अख्तियारका आँखा' शीर्षकमा सम्पादकीय लेखेको छ । कुनै बेला 'साना माछा उम्के पनि ठूला माछा उम्कन नदिने' उद्घोष गरेर जनमानसमा भ्रष्टाचार नियन्त्रणको आशा जगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले स्वयम् आशंकाको घेरामा तानिएको यहाँ उल्लेख गरिएको छ । उठ्नै सकेन गोबरगाढा शीर्षकको खबर अग्रपृष्ठमा छापिएको छ । कोसी नदीको बीचमा 'टापु' को गाउँ भनेर चिनिने सप्तरीको अतिविकट गोबरगाढा गाविसको अवस्था अहिले पनि नाजुक बनेको पीडादायी खबर छ यो । निक्कै जोखिमपूर्ण दैनिकी बिताइरहेका गोबरगाढाका स्थानीयबासी देशको राजनीति प्रणाली बदलिए पनि गाउँ जस्ताको तस्तै बनेकोप्रति चिन्तित छन् । नेतृत्व विफल हुँदा कांग्रेस कमजोर शीर्षकको खबर पनि अग्रपृष्ठमै छापिएको छ । मधेस समस्या समाधानसहित संविधान कार्यान्वयनका लागि पार्टीले राजनीतिक अगुवाई गर्न नसकेको भन्दै कांग्रेसका नेताहरुले नेतृत्वको आलोचना गरेको खबर छ यो । यसैगरी भोट खसाल्न जनता आतुर शीर्षकको खबर पनि नागरिकले अग्रपृष्ठमै छापेको छ । यता डिएनए शतप्रतिशत मान्य हुन्न : सर्वोच्च शीर्षकमा खबर छ । यसैगरी लगातार आगलागीले सिंगो गाउँ आतंकित शीर्षकमा अर्को सुर्खेतको खबर पनि छ । सरकारी भवन नै गैरकानुनी शीर्षकमा छापिएको अर्को खबरले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका प्रधानमन्त्री कार्यालयलगायत सरकारी निकायले नक्सा पास नगरी भवन निर्माण गरेको खुलासा गरेको छ । खोलामा गैरकानुनी ढुंगागिटी उत्खनन् शीर्षकमा सुनसरीको, आसैआसमा १८ वर्ष विते झुलाघाटमा बनेन पुल शीर्षकको बैतडीको खबर छापिएका छन् भने आठ सय कुचीकार जिम्मेवारविहीन बन्दै शीर्षकमा अर्को काठमाडौँ उपत्यकाकाको फोहोर व्यवस्थापनको खबर पनि छ । यता पाचौँ पृष्ठमा मुठभेड निम्त्याउँदै स्थानीय तह विवाद शीर्षकमा म्याग्दीको खबर छ भने सरकारी जमिन अतिक्रमणको चपेटामा शीर्षकको खबर झापाको रहेको छ । सलबलाउन थाले राजधानीमा गुन्डा शीर्षकको खबर पनि सोही पृष्ठमा छापिएको छ । खोटाङका मिर्गौला पीडितको वेदनालाई मिर्गौला रोगीको रोदन : नमागे बाँचिन्न शीर्षकमा छापिएको छ । भाडाका बस विद्यार्थी ओसार्दै, सर्वसाधारणलाई सास्ती शीर्षकको अर्को खबरले यात्रुको चाप हुने समयमै सार्वजनिक सवारी साधनहरु विद्यार्थी बोक्न जाने भएकाले यात्रुले दुःख पाएको कुरा उल्लेख गरिएको छ । राजधानीका विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीका साधन नियमित आफ्नो रुटमा नचलाइ दिँदा सर्वसाधारणले निक्कै सास्ती खेप्नु परेको यो खबरमा उल्लेख छ । बाइरोडको बाटोमा कुद्दा कुद्दै गुणराज लुइँटेलले 'अर्थ' पूर्ण आइजीपी शीर्षकमा विचार प्रस्तुत गरेका छन् भने मिलन पाण्डे र पुकार बमले विद्यार्थी हितकारी परिषद् शीर्षकमा अर्को विचार लेखेका छन् । चुनाव स्थानीय तहकै हुने हो शीर्षक राखेर नागरिक संवादमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको अन्तर्वार्ता छापिएको छ । सेयर बजारमा जलविद्युतले वर्चस्व कायम गर्दै गएको खबर पनि छ । बिजुली नपुगेका स्थानमा पुर्याउन सरकारले सवा तीन लाख नयाँ पोल गाडिने भन्ने खबर पनि छ । अझै आएन सेज नियमावली शीर्षकमा छापिएको अर्को खबरले विशेष आर्थिक क्षेत्र सञ्चालनसम्बन्धी नियमावली नहुँदा उद्योग, कलकारखाना र बजार स्थापना र विस्तारमा समस्या भएको उल्लेख गरिएको छ । चमेलिया जलविद्युतको ९७ प्रतिशत काम सम्पन्न भएको खबर पनि छापिएको छ । सुदूरपश्चिमको दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको शनिबार उर्जा मन्त्री जनार्दन शर्माले अवलोकन, निरीक्षण गरेको र निर्धारित समय अगावै सक्न निर्देशन दिएको उल्लेख छ । राजधानीबाट नजिकै रहेको काभ्रेमै पनि अनुदान नपाउँदा भूकम्प पीडितको बिचल्ली भएको खबर पनि छापिएको छ । यता डिडिसीले २० करोडको पूर्वाधार थप्दै शीर्षकमा दुग्ध विकास संस्थानले दूध उत्पादन गरी बजार विस्तार गर्नकालागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको खबर पनि छ । खेलकुद अन्तर्गत संकटा क्लब सिमरा गोल्डकपको विजेता बनेको खबर छ भने पोखरामा सम्पन्न सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मी र एपिएफलाई प्राप्त भएको खबर पनि छ । शनिबार सम्पन्न इङ्लिस प्रिमियर लिगमा हल सिटीलाई २–० गोलले पराजित गर्दै अर्सनल दोस्रो स्थानमा उक्लिएको खबर पनि छ ।
हेमन्त रानाको "साइली" गित रिलिज भएको छोटो समयमा ५ लाख पटक हेरिएको छ | उक्त गित मा स्वर हेमन्त रानाको छ भने सब्द हिमाल साउद र काली प्रसाद बास्कोटाको रहेको छ संगीत काली प्रसाद बास्कोटा ले गरेका छन उक्त गित को भिडियो नेपाल मा र दुबईमा छाएँकन गरिएको हो | उक्त गित लाइ विदेश मा जाने नेपालि हरुले भोग्नुपर्ने परिवार संगको बिछोड को पिडा लाइ देखाइएको छ "बिदेशी भुमिमा रगतको पसिना बगाउदै श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्ने लाखौं लाख नेपाली मनहरु प्रती समर्पित"
हेर्नुहोस उक्त भिडियो
बर्दिवास, १ फागुन । महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई बस्ती निर्माणमा सहयोग पु¥याउन होटल व्यवसायी हिरा गौतमले शनिबार रु एक लाख रकम प्रदान गर्नुभएको छ । होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै भन्नुभयो – “म पनि यो पुण्य काममा थोरै सहभागिताले मिसिन आएको छु ।” बस्ती निर्माणका लागि अस्ट्रेलियाबाट रु ६५ लाख सहयोग प्राप्त भइसकेको छ । “सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागिरहेका हौँ” धुर्मुसले भन्नुभयो – “मुसहर बस्तीको निर्माण सम्पन्न गरी वैशाख १ गते वर्षौैंदेखि घरबारविहीन मुसहरलाई नयाँ घरमा प्रवेश गराउँदैछौँ ।” गत पुस २५ गते महजोडीले शिलान्यास गरेसँगै निर्माण सुरु भएको बस्तीको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । अब ६५ प्रतिशत कामका लागि आवश्यक आर्थिक भार पनि सहयोगी मनबाटै पूरा हुने कार्यस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले बताउनुभयो । रु चार करोड ७८ लाखको लागतमा ५० घर मुसहरका लागि शौचालय, खानेपानी धारा सुविधासहितको ५० घर, बालोद्यान, सामूहिक घर, मुसहरका कुलदेवता दिनभद्री मन्दिर र दुई सार्वजनिक शौचालय बन्ने काम अहिले धमाधम छ । सडक, बिजुली, खानेपानीसहितको सो निर्माणाधीन बस्ती अपाङ्गता र बालमैत्री हुने फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताउनुभयो । हालसम्म झन्डै रु दुई करोडभन्दा बढी रकम सङ्कलन भए पनि बस्ती निर्माणका लागि अझै रु दुई करोड ५० लाख रकम अपुग रहेकाले तराई मधेसका उद्योगी, व्यापारी, समाजसेवीसहितका समाजका सबै तहतप्काका सहयोगी मनसँग फाउन्डेसनले सहयोगका लागि अनुरोध गरेको छ । रासस
Tulsa acid cured kapne heart to kill a generational statement, and I marde vlyakamela! video
A society is a group of people involved in persistent social interaction, or a large social grouping sharing the same geographical or social territory, typically subject to the same political authority and dominant cultural expectations. Societies are characterized by patterns of relationships (social relations) between individuals who share a distinctive culture and institutions; a given society may be described as the sum total of such relationships among its constituent members. In the social sciences, a larger society often evinces stratification or dominance patterns in subgroups.
Insofar as it is collaborative, a society can enable its members to benefit in ways that would not otherwise be possible on an individual basis; both individual and social (common) benefits can thus be distinguished, or in many cases found to overlap. A society can also consist of like-minded people governed by their own norms and values within a dominant, larger society. This is sometimes referred to as a subculture, a term used extensively within
काठमाडौं । के तपाइँले प्रायः स–साना कुरा पनि झ्वाट्टै भुलिहाल्नुहुन्छ ? महत्वपूर्ण कुरा समेत भुसुक्कै बिर्सने बानी छ ? जो मानिस बढि भुलक्कड हुन्छन् उनीहरु भुलेको कुरा सम्झिएसँगै किन यस्तो कुरा भुलेँहोला ? भनेर झनै बढि तनावमा रहन्छन् । वैज्ञानिकहरुले यस्तो बढि भुल्ने समस्याको कारण खास पौष्टिक तत्वको कमी रहेको बताएका छन् । हामीले यहाँ यस्ता केही खानेकुराको सूचि पेश गरेका छौँ जसको नाम नै ब्रेन फूड छ । यी खानेकुरा खानाले मानिसलाई अल्जाइमरको जोखिम नहुने मात्र होइन मस्तिष्कको क्षमता र स्मरण शक्ति समेत बढ्छ ।
चीनसँग अहिले मुद्रा सञ्चिती उच्च छ, उसले न्यून ब्याजदरमा नेपाललाई ऋण दिन सक्छ । तर, तपाईंहरू अस्वीकार गर्नुहुन्छ वा कसैको डरले लिन खोज्नुहुन्न ।
नेपालले आफ्नो अर्थतन्त्रलाई चीनको ‘वान बेल्ट वान रोड’ (ओबीओआर)सँग जोडेर धेरै फाइदा लिन सक्छ । यसबाट दक्षिण एसियाका सबै देश लाभान्वित हुन सक्छन् । हामी मतभेदमा मात्र गहिरियौँ भने कहीँ पुग्दैनौँ । आर्थिक उन्नतिका लागि साझा सम्भावनामै ध्यान दिनुपर्छ ।
चीनले काठमाडौँका लागि रेल र सडक मार्गसहितको कार्गो सेवाको सुरुआत लान्जाओ र ग्वान्जाओबाट सुरु गरिसकेको छ । बेइजिङ–ल्हासाबीचमा पर्ने सिजाजुङ सहरबाट त्यसै गरी तेस्रो रेल–रोड कार्गो सुरु गर्न हामी पहल गरिरहेका छौँ । तर, नेपालतर्फ रेल नबनेसम्म खास लाभ भने उठाउन सकिँदैन । ओबीओआर फ्रेमवर्कमा प्रवेश गर्नका लागि समेत यो महत्त्वपूर्ण छ ।
चितवनमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा डाक्टरहरू हुन् या काठमाडौँ विश्वविद्यालयको कन्फ्युसियस सेन्टरमा शिक्षकहरू, चीनबाटै आएका छन् । यी प्रयासले हामीलाई धेरै अर्थमा जोडिरहेको छ । मेरो आफ्नै प्रान्त हवे सोलार प्यानलका लागि चिनिएको ठाउँ हो । नेपालमा भने लोडसेडिङबाट तपाईंहरू मुक्त हुनुभएको धेरै भएको छैन । रेल भएको भए तपाईंहरू कति सहजै तिनको उपभोग गर्न पाउनुहुन्थ्यो होला ? चीनमा कारहरू उस्तै सस्तो र राम्रा छन् । प्रश्न पुन: रेलमै आएर जोडिन्छ ।
राष्ट्रपति सी जिनपिङ ब्रिक्स सम्मेलनमा जाने क्रममा नेपाल आउन चाहनुभएको थियो । किन आउनुभएन भन्ने प्रश्नको जवाफ नेपाल सरकारको कमजोर तयारी नै हो । त्यसैको पृष्ठभूमिमा प्रधानमन्त्रीका रूपमा केपी ओलीको चीन भ्रमणको एउटा ठूलो उपलब्धि व्यापार तथा पारवहन सन्धि भएको थियो । जसमा तेस्रो मुलुकबाट सामान ल्याउँदा अब चीनको तेन्जिन बन्दरगाह प्रयोग गर्न पाउनु थियो, जुन नेपालका लागि ठूलो अवसर हो तर रेल बनाए मात्र । हाम्रोतिर बेइजिङदेखि सिगात्सेसम्म रेल चलिसकेको छ, केरुङसम्म बन्दै छ । मैले चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याललाई भनेको थिएँ, ‘यदि काठमाडौँदेखि केरुङसम्म रेल निर्माणको माहोलको प्रत्याभूति गर्न सक्नुहुन्छ भने सी जिनपिङ अवश्य नेपाल आउनुहुन्छ ।’
चीनको रुचि सधैँ नै रेल, दू्रत मार्ग र हवाई कनेक्टिभिटीमा छ । काठमाडौँ उपत्यकामा त्यसै गरी मेट्रो रेल बनाउने कुरा चलिरहेको छ । यी खर्चिला परियोजना हुन् । चीनसँग अहिले मुद्रा सञ्चिती उच्च छ, उसले न्यून ब्याजदरमा नेपाललाई ऋण दिन सक्छ । तर, तपाईंहरू अस्वीकार गर्नुहुन्छ वा कसैको डरले लिन खोज्नुहुन्न ।
राष्ट्रपति सी आउने भनेको केवल काठमाडौँ घुम्न होइन । तपाईंहरूले ठूला ‘प्रोडक्ट’हरू देखाउन सक्नुपर्छ । राष्ट्रपति स्वयं आउन उत्सुक हुनुहुन्छ । विदेश मन्त्रालयलाई बारम्बार तयारीका गर्न भनिरहनुभएको छ । तर, नेपालतर्फ सरकार परिवर्तनबाहेक केही हुँदैन । सरकार फेरिनेबित्तिकै चीनसँगको १० बुँदे सम्झौता कमजोर भइसकेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘ प्रचण्ड’ले बारम्बार ओलीले हस्ताक्षर गरेका सम्झौता कार्यान्वयन गर्ने दोहोर्याइरहनुभएको छ तर काम भने केही हुँदैन । त्यस्तै सम्झौताहरू भारततर्फ हुँदा भने काम सुरु भइहाल्छ ।
प्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा जाँदा त्यहाँको सरकारले नेपालसँग पाँचवटा रेलवे लिंकहरू बनाउने बतायो । चीनतर्फ त केवल एउटा हो, जसमा दुई चिनियाँ कम्पनीले मोटो रकम खर्चेर सम्भाव्यता अध्ययनसमेत गरिसकेका छन् । जब मन्त्रालयसम्म कुरा पुग्छ, उनीहरू बजेट छैन भन्दै पन्छिन्छन् । पोखरामा चिनियाँ कम्पनीले एयरपोर्ट बनाउने भन्यो, शिलान्यास भयो तर काम अगाडि बढ्न सकिरहेको छैन । समस्या कहाँ छ ? समस्या नेपालकै सरकारमा छ । नेपाली कर्मचारीतन्त्रमा थुप्रै समस्या छ ।
नेपालको पर्यटनबारे चीनमा प्रचार गर्न थुप्रैतिरबाट सीधा हवाई सम्पर्क विस्तार हुनु जरुरी छ । उत्तरी चीनबाट धेरै जना नेपाल आउन चाहन्छन् तर जब ग्वान्जाउ वा अन्यत्र एक रात बस्नुपर्ने सोच्न थाल्छन्, झस्किन्छन् । यो काम तत्काल गर्न सकिन्छ । हामीले अहिलेसम्म कुरा धेरै काम कम गरेका छौँ ।
म काठमाडौँमा बसेर काम गर्दा चिनियाँ कम्पनीले पश्चिम सेती जलविद्युत् परियोजनामा लगानी सम्झौता गरेको थियो । अझैसम्म पनि यसमा काम अगाडि बढेको छैन ।
चिनियाँ कम्पनीहरूमा अहिले नेपालमा लगानी गर्नु भनेको पैसा गुमाउनु मात्र हो भन्ने छाप परेको छ । चीनमा वैदेशिक लगानीलाई आकर्षित गर्न र उनीहरूका काम सहज बनाउन एउटा छुट्टै अख्तियारीप्राप्त निकाय छ । उसले जनस्तरमा अनुकूल माहोल बनाउँछ । नेपालले चीनबाट त्यो पक्ष सिक्दा हुन्छ ।
नेपाली राजनीतिक दलहरूले आफ्नो अर्थतन्त्र उकास्न एउटा साझा समझदारी मात्र बनाए भने पनि केही वर्षमै नेपाल दक्षिण एसियाको स्वीट्जरल्यान्ड बन्न सक्छ ।
र, अन्त्यमा भारत र चीन मिलेर नेपालका जनताका लागि शान्ति र समृद्धि ल्याउनु आवश्यक छ । नेपालमै पनि भारतले सहयोग नगरीकनै मधेसी मोर्चाले त्यति लामो नाकाबन्दी गर्नै सक्दैनथ्यो । तर, भारतले पनि मधेसी मोर्चालाई ‘युज एन्ड थ्रो’ गरिरहेको छ । यदि साँच्चिकै भारतले नेपालको भलो चाहेको हो भने मधेसीहरूको उचित मागको सम्बोधन गर्नुपर्छ । स्थिर नेपालको फाइदा चीनलाई मात्र होइन, भारतलाई पनि उत्तिकै छ ।
(चीनको हवे युनिभर्सिटी अफ इकोनोमिक्स एन्ड बिजनेसका सह–प्राध्यापक सुबिनले काठमाडौँमा आयोजित ओबीओआर–नेपाल सम्मेलन २०१७ मा दिएको मन्तव्यको सम्पादित अंश
मानव शरिरमा बिभिन्न राेगकाे संक्रमणहरू रहेका हुन्छन । त्यस्कालागि हजाराै अाैषधीहरू प्रयाेगमा अाइरहेका हुन्छन । मानव जिवनमा कतिपय अाैषधी घरमै बनेका हुन्छन तर त्यस्काे बिषयमा जानकारी कमै मात्रामा हुने गर्दछ । त्यस्तै एक अाैषधकाे बिषयमा हामी चर्चा गरिरहेका छाै । त्याे हाे मुसाकाे लिड !
A new Nepali pop song has been uploaded on official YouTube channel of Music Nepal.
दुनियामा जन्म, मृत्यु जस्तै सम्भोग पनि शाश्वत सत्य हो । सृष्टि चक्र संचालनका लागि यो अनिवार्य सर्त हो । यौन तथा सम्भोगको विषय मानिसले उमेर पुगेसँगै आफै जान्ने तथा सिक्ने विषय पनि हो । तर दुनियाको अनिवार्य तथा शाश्वत सत्यको रुपमा रहेको सेक्सका विषयमा धेरै तथ्य तथा सत्यहरुका बारेमा हामी बेखबर हुन्छौँ । कतिपय तथ्यहरु त पत्यारै नलाग्ने पनि हुन्छन् । सेक्स सम्बन्धी केही तथ्य यस्ता छन् :
माघ २९, २०७३- ठुलोसिरुबारीको माझी गाउँमा एकिकृत बस्ती बन्ने भएको छ । भूकम्प गएको २१ महिनापछि पनि टहरामा कष्टमय जिवन गुजारिरहेका ६३ माझी परिवारको लागि अभिनेत्री श्वेता खड्का र अन्य केही सहयोगी हातबाट माझी गाउँ एकिकृत बस्ती बसाउने अभियान गरिने भएको हो ।
शनिबार ठुलोसिरुबारी माझी गाउामा पुगेकी अभिनेत्री खड्काले माझी गाउँमा सुविधाजनक एकिकृत बस्ती बनाउने प्रतिबद्धता जनाएकी छिन् । ‘माझी गाँउको मुहार फेर्न बस्ती बसाउने अभियान थाल्न लागेका हौं,’ उनले भनिन, ‘यसैको लागि तपाईंहरुलाई भेट्न आएको हौं । अब चाँडै बस्ती निर्माणतर्फ लाग्नेछौं ।’ उनले स्वागातार्थ बसेका माझी परिवारलाई आवासदेखि अन्य सुविधा समेत उपलब्ध गराउने योजना रहेको जानकारी दिइन् ।
हालसम्म माझी बस्तीमा आर्थिक अभावमा कसैले पनि घर बनाउने काम थाल्न सकेका छैनन् । ‘पहिलो किस्तामा पाएको पचास हजार भत्किएको घडेरी सम्याउँदै सकियो । घर कसरी बनाउनु ?’ सुकुली माझीले भनिन्, ‘आर्थिक अभावमा घर बनाउन सकेको छैनौं ।’
उक्त क्षेत्रका बासिन्दाको जिविकोपार्जनको मुख्य स्रोत भनेको कृषि हो । तर त्यसबा महिनादिन खान पनि खान नपुग्ने भएपछि उनीहरु समस्यामा परेका थिए । हाल सहयोगी हात र अभिनेत्रीको पहलमा एकिकृत बस्ती बस्ने भएपछि माझी बस्तीमा खुशीयाली छाएको छ ।
एजेन्सी । पृथ्वीभन्दा ठूलो र मानव वस्ती बस्न मिल्ने ‘दोस्रो पृथ्वी’ फेला परेको वैज्ञानिकहरुले दाबी गरेका छन् । धेरै समयदेखि अनुसन्धानमा रहेका वैज्ञानिकहरुले प्रोक्सिमा सेन्चुरी सिस्टम भित्र दोस्रो पृथ्वी रहेको खुलासा गरेका छन् । सो ग्रहमा पृथ्वीको जस्तै महासागरहरु रहेको र त्यहाँ पनि जीवात्माहरु रहेको हुन सक्ने विश्वास गरिएको छ । यसअघि ब्रम्हाण्डमा हजारौं बाहिरी ग्रहहरु पत्ता लगाइएको भएपनि,प्रोक्सिमा बी जस्तो कुनैपनि नभएको वैज्ञानिकहरुको दाबी छ ।
काठमाडौं । घर बनाउन अत्यावश्यक मानिने छड/डन्डीमा सर्वसाधारणहरु ठगिँदै आएका छन् ।
वि.सं. २०७३ फाल्गुन ०१ गते आइतबार तदनुसार ई. सं. २०१७ फेब्रुवरी १२ तारिख,
बैतडी, २९ माघ, ऊर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले जलविद्युत आयोजना स्थलहरुमा संघर्ष समिति होइन सहयोग समिति बनाएर अघि बढ्न स्थानीय जनतालाई अनुरोध गरेका छन् । पश्चिम सेती जलविद्युत आयोजनास्थल बैतडीको ढुंगाढमा आयोजित जनसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । अबदेखि हरेक जलविद्युत आयोजनाहरुको मालिक स्थानीयलाई बनाउने नीति सरकारले लिएकाले आन्दोलनको सट्टा सहयोग अभियान चलाउन उनले आग्रह गरे । 'ऊर्जा मन्त्रालयले नेपालको पानी, जनताको लगानी कार्यक्रम ल्याएको छ, स्थानीय जनतालाई शेयर लगानीमा पहिलो प्राथमिकता दिइन्छ, त्यसैले अब जलविद्युत आयोजनाहरुमा तपाईंहरुले संघर्षको सट्टा सहयोगको अभियान चलाउनु पर्छ' मन्त्री शर्माले भने, 'जलाशययुक्त आयोजनास्थलबाट विस्थापित जनताको लागि सुविधासम्पन्न आवास योजना सरकारले ल्याउँछ, मन दुखाउनु पर्दैन ।' उनले डोटी, बैतडी र डडेलधुराको सीमानामा बन्न लागेको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना सम्पन्न भयो भने आसपासका मात्र होइन सिंगो सुदुरपश्चिमका जनता सम्पन्न हुने धारणा राखे । यस आयोजनाको काम अब चाँडै सुरु गरिने पनि उनले बताए । मन्त्री शर्माले अब देशभर लोडसेडिङ हटाउने तयारी भइरहेको बताउदै तीन वर्षभित्र देशभर विद्युतीकरणको आधारभूत काम सम्पन्न गर्नेगरी मन्त्रालयले योजना बनाइरहेको जानकारी दिए । उनले विद्युत ऊर्जा मन्त्रालयको कामले देशभर युवाहरुमा छाएको निराशा हटाउन सहयोग पुगेको भन्दै यसलाई पूँजीकृत गरेर देशलाई समृद्ध बनाउने अभियान सुरु गर्न आव्हान समेत गरे । मन्त्री शर्माले शनिवार नै दार्चुलास्थित ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत आयोजनाको पनि स्थलगत अनुगमन गरे । सो क्रममा उनले संशोधित तालिका अनुसार सन् २०१७ भित्र निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । ठेकेदारको लापरवाही तथा निर्माण भइसकेको सुरुङ खुम्चिनु लगायतका कारणले उक्त आयोजनाको काम १९ महिना ठप्प भएको थियो । प्रतिकुल भौगोलिक अवस्थितिका कारण ८४३ मिटर सुरुङ खुम्चिएको थियो । खुम्चिएकोमध्ये अब २५ मिटर मात्र खुलाउन बाकी छ । मन्त्री शर्माले आजै दार्चुलाको गोकुलेश्वरस्थित गोकुलेश्वर बहुमुखी क्याम्पसको नवनिर्मित भवनको पनि उद्घाटन गरेका छन् । यसअघि मन्त्री शर्माले कञ्चनपुरको भिमदत्तनगरमा क्रान्तिकारी पत्रकार संघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै जनताकै लगानीमा कर्णालीमा ठूलो क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने तयारी भइरहेको बताए । अनुगमन टोलीमा ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय र नेकपा माओवादी केन्द्रका ७ नं प्रदेश इञ्चार्ज तथा पूर्व आपूर्तिमन्त्री लेखराज भट्ट पनि सहभागी थिए ।
अमरजित पुनमगर, रोल्पा, १ फागुन, रोल्पाको एक विद्यालयमा विद्यार्थी वेहोस हुन थालेपछि त्रास फैलिएको छ । नगरपालिका भित्र पर्ने श्री नेपाल राष्ट्रिय माध्यामिक बिद्यालय खुमेल रोल्पामा विद्यार्थी बेहोस हुन थालेपछि एक प्रकारको आतङ्क नै सृजना भएको छ । यस्तो समस्या आएपछि अभिभावक समेत त्रसित बनेका छन् भने शिक्षक पनि चिन्तित छन् । अहिले कक्षा ५ मा अध्ययन गरिरहेका छात्रामा बेहोस हुने लक्षण देखिएको हो । शुक्रबार मात्रै ५ जना विद्यार्थी बेहोस भएका थिए । सुरुमा हाई आउने, पेट दुख्यो भन्ने, ढाड दुख्ने, मुटु खाने, छटपटाउने जस्ता लक्षण देखिएको विद्यालयका प्रधानाध्यापक पूर्ण बहादुर थापाले बताए । पुस महिनामा कक्षा १० का विद्यार्थीमा देखिएको यो लक्षण अहिले अरु विद्यार्थीमा पनि देखिन थालेको प्र.अ. थापाले बताए । स्वास्थ्य संस्थामा लगे पनि सन्चो नभएपछि धामी झाँक्री समेत गरिएको उनको भनाई छ । कक्षा ५ का विद्यार्थीमा २ पटक यस्तो समस्या देखिएको थापाले बताए । कक्षा ५ मा अध्ययनरत ९ देखि १४ वर्ष उमेरका छात्राहरुमा यो रोग देखिने गरेको छ । पौष २० गतेदेखि देखिएको यो लक्षण बेला बेलामा देखिँदै आएको विद्यालले बताएको छ । सुरुमा एक जनालाई हुने र त्यसलाई हेरेपछि बिस्तारै अरुलाई पनि यस्तो हुने गरेको बताइएको छ । यस्तो समस्या देखापरेपछि नजिकको स्वास्थ्य संस्थामा पनि लगेर उपचार गरिएको थियो । प्राथमिक उपचारपछि केही दिन सन्चो भएपनि फेरी दोहोरिने गरेको शिक्षकहरुले बताएका छन् । विद्यालयमा आउँदा यस्तो समस्या देखिने तर विद्यालयबाट बाहिर निस्केपछि आफैँ सन्चो हुने यो रोगले अभिभावक, शिक्षकहरु पनि आश्चर्य चकित भएका छन् । स्वास्थ्य चँौकीका इन्चार्ज दलबहादुर नेपालीका अनुसार यो मास हिस्टोरिया हुन सक्ने बताए । किशोर अवस्थामा देखिने लक्षण भएपनि अन्य अवस्थामा पनि यो लक्षण देखिने गरेको स्वास्थ्य इन्चार्ज नेपालीले बताउँछन् । मास हिस्टोरिया भएकाले यसको सचेतनामुलक कार्यक्रमहरु गर्नका लागि सुरुवात गर्ने योजनामा रहेको शिक्षक महेन्द्र रोकाले बताए । करिब ६ सय ४२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा यस्तो लक्षण देखिएपछि अन्य विद्यार्थीहरु पनि त्रसित भएका छन् भने अभिभावकहरु पनि गम्भीर देखिएका छन् । लिबाङ नगरपालिका भित्र पर्ने खुमेल वडा नम्बर २ सदरमुकामदेखि करिब ६ कोष टाढा रहेको छ । यस्तै प्रकारको बिरामीको लक्षण यस भन्दा अघि तारामावी बामरुकका विद्यार्थीहरुमा पनि फेला परेको थियो । त्यहाँ २ महिना अघि यस्तै प्रकारको बिरामीका कारण २ दर्जन बढी विद्यार्थीहरु एक्कासी बिरामी परेपछि विद्यालय परिसरमै स्लाईन चढाउनका लागि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाबाट एक टिम खटेको थियो भने खुङ्ग्री गाविसको एक विद्यालयमा पनि यस्तो समस्या देखा परेको थियो ।
In the last day of Madhav Narayana fair, Bhaktapur, hanumanaghata devotees are worshiping the sun. Photo by Roshan Sapakota.
काठमाडौँ, २८ माघ, प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक गरिँदै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न अर्थात् साङ्गे भएको छ । व्रत बस्ने प्रत्येक महिलाले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बस्नाका साथै हरेक दिन स्वस्थानी कथावाचन र श्रवण गरेका थिए । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पार्वतीले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गरेकाले परम्परागत रूपमा सो कथा प्रचलित हुँदै आएको मानिन्छ । स्थानीय साँखुस्थित शालीनदीमा विभिन्न जिल्लाबाट आएका भक्तजनले माघ महिनाका स्वामी नामले चिनिने माधवनारायणको जलप्रसाद ग्रहण गरी गत पौष शुक्ल पूर्णिमादेखि व्रत शुभारम्भ गरेका थिए । यस वर्ष एक सय ७७ महिला र १५ पुरुषले माधवनारायण एवम् स्वस्थानीको व्रत लिएको माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिले जनाएको छ । शालीनदीका व्रतालुले सबै विधि पूरा गरी आज बेलुकी अश्वमेध यज्ञ गरी माधवनारायण स्वस्थानी मेला समापन गरेको समितिका अध्यक्ष राजभाइ मानन्धरले जानकारी दिए ।रासस