

यी हुन देशको काल भन्दै विश्वेन्द्र पासवानले देशका शिर्ष ब्यक्तिहरुको नाम लिने क्रममा, शुरु ‘प्रचण्ड’बाट नै गरे। हेरौं पासवानको दमदार भाषण, भिडियो:
काठमाडौँ, १ फागुन, आजको नागरिक राष्ट्रिय दैनिकमा के–कस्ता खबर छापिए संक्षेपमा हामी प्रस्तुत गर्नेछौँ । आजको नागरिक दैनिकले 'अख्तियारका आँखा' शीर्षकमा सम्पादकीय लेखेको छ । कुनै बेला 'साना माछा उम्के पनि ठूला माछा उम्कन नदिने' उद्घोष गरेर जनमानसमा भ्रष्टाचार नियन्त्रणको आशा जगाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग अहिले स्वयम् आशंकाको घेरामा तानिएको यहाँ उल्लेख गरिएको छ । उठ्नै सकेन गोबरगाढा शीर्षकको खबर अग्रपृष्ठमा छापिएको छ । कोसी नदीको बीचमा 'टापु' को गाउँ भनेर चिनिने सप्तरीको अतिविकट गोबरगाढा गाविसको अवस्था अहिले पनि नाजुक बनेको पीडादायी खबर छ यो । निक्कै जोखिमपूर्ण दैनिकी बिताइरहेका गोबरगाढाका स्थानीयबासी देशको राजनीति प्रणाली बदलिए पनि गाउँ जस्ताको तस्तै बनेकोप्रति चिन्तित छन् । नेतृत्व विफल हुँदा कांग्रेस कमजोर शीर्षकको खबर पनि अग्रपृष्ठमै छापिएको छ । मधेस समस्या समाधानसहित संविधान कार्यान्वयनका लागि पार्टीले राजनीतिक अगुवाई गर्न नसकेको भन्दै कांग्रेसका नेताहरुले नेतृत्वको आलोचना गरेको खबर छ यो । यसैगरी भोट खसाल्न जनता आतुर शीर्षकको खबर पनि नागरिकले अग्रपृष्ठमै छापेको छ । यता डिएनए शतप्रतिशत मान्य हुन्न : सर्वोच्च शीर्षकमा खबर छ । यसैगरी लगातार आगलागीले सिंगो गाउँ आतंकित शीर्षकमा अर्को सुर्खेतको खबर पनि छ । सरकारी भवन नै गैरकानुनी शीर्षकमा छापिएको अर्को खबरले प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारका प्रधानमन्त्री कार्यालयलगायत सरकारी निकायले नक्सा पास नगरी भवन निर्माण गरेको खुलासा गरेको छ । खोलामा गैरकानुनी ढुंगागिटी उत्खनन् शीर्षकमा सुनसरीको, आसैआसमा १८ वर्ष विते झुलाघाटमा बनेन पुल शीर्षकको बैतडीको खबर छापिएका छन् भने आठ सय कुचीकार जिम्मेवारविहीन बन्दै शीर्षकमा अर्को काठमाडौँ उपत्यकाकाको फोहोर व्यवस्थापनको खबर पनि छ । यता पाचौँ पृष्ठमा मुठभेड निम्त्याउँदै स्थानीय तह विवाद शीर्षकमा म्याग्दीको खबर छ भने सरकारी जमिन अतिक्रमणको चपेटामा शीर्षकको खबर झापाको रहेको छ । सलबलाउन थाले राजधानीमा गुन्डा शीर्षकको खबर पनि सोही पृष्ठमा छापिएको छ । खोटाङका मिर्गौला पीडितको वेदनालाई मिर्गौला रोगीको रोदन : नमागे बाँचिन्न शीर्षकमा छापिएको छ । भाडाका बस विद्यार्थी ओसार्दै, सर्वसाधारणलाई सास्ती शीर्षकको अर्को खबरले यात्रुको चाप हुने समयमै सार्वजनिक सवारी साधनहरु विद्यार्थी बोक्न जाने भएकाले यात्रुले दुःख पाएको कुरा उल्लेख गरिएको छ । राजधानीका विभिन्न रुटमा चल्ने सार्वजनिक सवारीका साधन नियमित आफ्नो रुटमा नचलाइ दिँदा सर्वसाधारणले निक्कै सास्ती खेप्नु परेको यो खबरमा उल्लेख छ । बाइरोडको बाटोमा कुद्दा कुद्दै गुणराज लुइँटेलले 'अर्थ' पूर्ण आइजीपी शीर्षकमा विचार प्रस्तुत गरेका छन् भने मिलन पाण्डे र पुकार बमले विद्यार्थी हितकारी परिषद् शीर्षकमा अर्को विचार लेखेका छन् । चुनाव स्थानीय तहकै हुने हो शीर्षक राखेर नागरिक संवादमा संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेको अन्तर्वार्ता छापिएको छ । सेयर बजारमा जलविद्युतले वर्चस्व कायम गर्दै गएको खबर पनि छ । बिजुली नपुगेका स्थानमा पुर्याउन सरकारले सवा तीन लाख नयाँ पोल गाडिने भन्ने खबर पनि छ । अझै आएन सेज नियमावली शीर्षकमा छापिएको अर्को खबरले विशेष आर्थिक क्षेत्र सञ्चालनसम्बन्धी नियमावली नहुँदा उद्योग, कलकारखाना र बजार स्थापना र विस्तारमा समस्या भएको उल्लेख गरिएको छ । चमेलिया जलविद्युतको ९७ प्रतिशत काम सम्पन्न भएको खबर पनि छापिएको छ । सुदूरपश्चिमको दार्चुलामा निर्माणाधीन चमेलिया जलविद्युत आयोजनाको शनिबार उर्जा मन्त्री जनार्दन शर्माले अवलोकन, निरीक्षण गरेको र निर्धारित समय अगावै सक्न निर्देशन दिएको उल्लेख छ । राजधानीबाट नजिकै रहेको काभ्रेमै पनि अनुदान नपाउँदा भूकम्प पीडितको बिचल्ली भएको खबर पनि छापिएको छ । यता डिडिसीले २० करोडको पूर्वाधार थप्दै शीर्षकमा दुग्ध विकास संस्थानले दूध उत्पादन गरी बजार विस्तार गर्नकालागि पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको खबर पनि छ । खेलकुद अन्तर्गत संकटा क्लब सिमरा गोल्डकपको विजेता बनेको खबर छ भने पोखरामा सम्पन्न सिर्जना आमन्त्रण अन्तर्राष्ट्रिय महिला–पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मी र एपिएफलाई प्राप्त भएको खबर पनि छ । शनिबार सम्पन्न इङ्लिस प्रिमियर लिगमा हल सिटीलाई २–० गोलले पराजित गर्दै अर्सनल दोस्रो स्थानमा उक्लिएको खबर पनि छ ।
हेमन्त रानाको "साइली" गित रिलिज भएको छोटो समयमा ५ लाख पटक हेरिएको छ | उक्त गित मा स्वर हेमन्त रानाको छ भने सब्द हिमाल साउद र काली प्रसाद बास्कोटाको रहेको छ संगीत काली प्रसाद बास्कोटा ले गरेका छन उक्त गित को भिडियो नेपाल मा र दुबईमा छाएँकन गरिएको हो | उक्त गित लाइ विदेश मा जाने नेपालि हरुले भोग्नुपर्ने परिवार संगको बिछोड को पिडा लाइ देखाइएको छ "बिदेशी भुमिमा रगतको पसिना बगाउदै श्रम गरी आफ्नो मातृभूमीलाई माया गर्ने लाखौं लाख नेपाली मनहरु प्रती समर्पित"
हेर्नुहोस उक्त भिडियो
बर्दिवास, १ फागुन । महोत्तरीको बर्दिबासमा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेको धुर्मुस–सुन्तली फाउन्डेसनलाई बस्ती निर्माणमा सहयोग पु¥याउन होटल व्यवसायी हिरा गौतमले शनिबार रु एक लाख रकम प्रदान गर्नुभएको छ । होटल व्यवसायी गौतमले इँटा टाउकामा बोकेका ‘धुर्मुस’लाई चेक हस्तान्तरण गर्दै भन्नुभयो – “म पनि यो पुण्य काममा थोरै सहभागिताले मिसिन आएको छु ।” बस्ती निर्माणका लागि अस्ट्रेलियाबाट रु ६५ लाख सहयोग प्राप्त भइसकेको छ । “सहयोगी मनहरुकै साथ र सहयोगले हामी निरन्तर राष्ट्र निर्माणको अभियानमा लागिरहेका हौँ” धुर्मुसले भन्नुभयो – “मुसहर बस्तीको निर्माण सम्पन्न गरी वैशाख १ गते वर्षौैंदेखि घरबारविहीन मुसहरलाई नयाँ घरमा प्रवेश गराउँदैछौँ ।” गत पुस २५ गते महजोडीले शिलान्यास गरेसँगै निर्माण सुरु भएको बस्तीको अहिलेसम्म ३५ प्रतिशत काम सकिएको छ । अब ६५ प्रतिशत कामका लागि आवश्यक आर्थिक भार पनि सहयोगी मनबाटै पूरा हुने कार्यस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै धुर्मुसले बताउनुभयो । रु चार करोड ७८ लाखको लागतमा ५० घर मुसहरका लागि शौचालय, खानेपानी धारा सुविधासहितको ५० घर, बालोद्यान, सामूहिक घर, मुसहरका कुलदेवता दिनभद्री मन्दिर र दुई सार्वजनिक शौचालय बन्ने काम अहिले धमाधम छ । सडक, बिजुली, खानेपानीसहितको सो निर्माणाधीन बस्ती अपाङ्गता र बालमैत्री हुने फाउन्डेसनका परियोजना प्रबन्धक अर्जुन न्यौपानेले बताउनुभयो । हालसम्म झन्डै रु दुई करोडभन्दा बढी रकम सङ्कलन भए पनि बस्ती निर्माणका लागि अझै रु दुई करोड ५० लाख रकम अपुग रहेकाले तराई मधेसका उद्योगी, व्यापारी, समाजसेवीसहितका समाजका सबै तहतप्काका सहयोगी मनसँग फाउन्डेसनले सहयोगका लागि अनुरोध गरेको छ । रासस
Tulsa acid cured kapne heart to kill a generational statement, and I marde vlyakamela! video
A society is a group of people involved in persistent social interaction, or a large social grouping sharing the same geographical or social territory, typically subject to the same political authority and dominant cultural expectations. Societies are characterized by patterns of relationships (social relations) between individuals who share a distinctive culture and institutions; a given society may be described as the sum total of such relationships among its constituent members. In the social sciences, a larger society often evinces stratification or dominance patterns in subgroups.
Insofar as it is collaborative, a society can enable its members to benefit in ways that would not otherwise be possible on an individual basis; both individual and social (common) benefits can thus be distinguished, or in many cases found to overlap. A society can also consist of like-minded people governed by their own norms and values within a dominant, larger society. This is sometimes referred to as a subculture, a term used extensively within