बनाउन नसकिने ३१ दरबार जसलाई पाँच घण्टामै भत्काउन सकिन्छ, पहल भत्काउनै हुँदैछ

7:35 AM

काठमाडौं, १८ माघ, भूकम्पले ध्वस्त र क्षतिग्रस्त भएका काठमाडौं र ललितपुरका ३१ वटा राणाकालीन दरबार पुरानै शैलीमा निर्माण गर्ने विषयमा सरकारले कुनै चासो देखाएको छैन। पुरातत्व विभागले अधिकांश दरबारको संरचना जस्ताको तस्तै हुने गरी बनाउने जनाए पनि शहरी विकास तथा भवन निर्माण विभागले भत्काएर नयाँ बनाउने इस्टिमेट गर्दै आएको छ । विभागका महानिर्देशक भेषनारायण दाहालले केहि दरबार पुरानै अवस्थामा पुननिर्माण गर्ने र केहिलाइ भत्काएर स्वरुपमा परिवर्तन नहुने गरी तयार गर्ने तयारी भइरहेको बताए। उनले भूकम्पको अति जोखिम रहेको उपत्यकाका सबै राणाकालीन दरबार सबै पुरानै सवरुपमा बनाउन सक्ने अवस्था नभएको स्पष्ट पारे। तर पुरातत्वविद्हरुले नेपालको सम्पदाका रुपमा रहेका राणाकालीन दरबारलाई संरक्षण गर्नुपर्ने बताएका छन्। ‘अहिले मैले सुनेको छ । केशर महल, सिंहमहल, ललिता भवन, बहादुर भवन, हरिहर भवन, श्री महललगायत दर्जनौं राणाकालिन दरबार भत्काएर आधुनिक बनाउने रे ?’ संस्कृति एवं पुरातत्वविद् मुकुन्दराज अर्यालले भने, ‘सरकारको कस्तो तरिका नेपालको इतिहास मेटाएर बवन बनाउने ?’ ‘राणाकालीन दरबार ५ घण्टामा भत्काउन सकिन्छ तर कहिल्यै बनाउन सकिदैन। यस्तो गलत काम सरकारले कहिल्यै गर्नुहुँदैन। इतिहासलाई अनन्तकालसम्म जोगाएर राख्नुपर्छ,’ अर्यालले भने। (नेपाल समाचारपत्र दैनिकबाट)

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images