अब किराना पसलेले चुरोट बेच्न नपाउने

8:26 AM

अब किराना पसलेले चुरोट तथा सुर्तीजन्य पदार्थ बेच्न नपाउने भएका छन् । सरकारले धूमपान तथा सुर्ती सेवनलाई न्यूनीकरण तथा नियमन गर्न इजाजत लिएका पसलबाट मात्र बिक्री गर्न पाइने व्यवस्था गरेको छ ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा किराना पसलबाट चुरोट तथा सुर्ती बेच्न प्रतिबन्ध लगाएको हो । सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८ को दफा ११ (छ) मा सुर्तीजन्य पदार्थको बिक्रीवितरण गर्न इजाजत पत्र लिनुपर्ने व्यवस्था गर्न सक्ने कानुनी व्यवस्था भएबमोजिम मन्त्रिपरिषदले किराना पसलबाट चुरोट तथा सुर्ती बेच्न प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images