अष्ट्रेलिया आउँदै हुनुहुन्छ, कसैको गफ र बहानामा नफस्नुहोला!
8:32 AMउच्च अध्यनका सही सूचनाका लागि शैक्षिक मेलाशिक्षाको ब्यापार अपार हुँदै जाँदा यसका गुण र अबगुणको फरक खाले ब्याख्या हुन थालेका छन्। हाम्रो जस्तो अविकशित राष्ट्रबाट उच्च अध्यनमा अष्ट्रेलिया आउने विद्यार्थीको अझ फरक खाले संघर्षका कथाहरू छन्।
अध्ययन र दाम अनि भविश्यमा ठूलो काम भन्नेहरूको लागि फलिफाफ नभएको पनि होइन। तर, नेपालको तामझाम अनि विदेशको रमझममा फस्नेको लागि कहालीलाग्दो कहानी पनि छन् अस्ट्रेलियामा।
यस्तै यस्तै समस्याको बिच ‘सही सूचना आजको आवश्यकता’ भन्ने नारा बोकेर एक्सपर्ट एजुकेशन एन्ड भिसा सर्भिसेजले आगामी मगंलबार जनवरी २४ तारिखका दिन सिड्नीमा एक्सपर्ट शैक्षिक मेला आयोजना गर्ने भएको छ।
छोटो समयमा अस्ट्रेलियाको शैक्षिक बजारमा विश्वास जित्न सफल एक्सपर्टले स्थानीय अन्तर्राष्ट्रिय विद्यार्थीलाई मध्य नजर गर्दै यो मेला आयोजना गर्न लागेको एक्सपर्टका निर्देशक सन्जिव शर्माले सेतोपाटीलाई बताए। ‘शैक्षिक परमार्शदाताका रूपमा हामीले प्रत्यक्ष रूपमा विश्वविद्यालयहरुसँग विद्यार्थीहरूको भेट गराइदिन लागेका हौं। यसबाट विद्यार्थीले प्रत्यक्ष रूपमा सम्वन्धित निकायसँग आफ्ना चासो र समस्याका बारेमा गुनासा राख्न पाउनेछन्,’ संजिवले कार्यक्रमको आयोजना बारेमा यसरी प्रष्ट पारे।
संजिवले अस्ट्रेलिया अध्यनका लागि आउन चाहने नेपाली विद्यार्थीलाई स्पष्ट सन्देश दिदै भने, ‘कसैको गफ र बहानामा नफस्नुहोला। आफैं अध्ययन र जानकार भएपछि मात्र उच्च अध्यनका लागि अस्ट्रेलिया आउनुहोला,’ उनले भने, ‘त्यस बाहेक हाम्रो जिम्मेवारिता अनि दायित्वको रूपमा रहेको नेपाली विद्यार्थीहरूलाई आवश्यक भिसा र माइग्रेशन सम्बन्धी अन्य सहयोगको लागि पनि बेग्लै डेक्स राखिनेछ।
हामीहरू विद्यार्थी ल्याउँछौ विश्वविद्यालयमा पुर्याउँछौ,त्यो मात्र हाम्रो दायित्व होइन, उनीहरुलाई आवश्यक सरसल्लाह र हसयोग पनि हाम्रो जिम्मेबारी हो भन्ने सोचका साथ हरेक वर्ष शैक्षिक मेलाको आयोजना गरेको संजिवले सेतोपाटीलाई बताए।
कर्यक्रममा चाल्र्स स्टुर्वाट विश्वविध्यालय, वेस्टन सिड्नी, होम्स इन्सिच्युट, किंग्स वन, अस्ट्रेलियन कलेज अफ बिजनेश लगायतका प्रतिनिधिहरुले अस्ट्रेलियाको शिक्षा र विद्यार्थीहरुको छनोटका बारेमा आआफ्ना धारणा राखेका थिए।
होम्सका निर्देशक रब रेल्टनले घर त्यागेर बिदेशमा उच्च अध्यनका लागि आएका विद्यार्थीहरुको शिक्षासँगै अन्य विषयमा पनि शैक्षिक निकाय जिम्मेबार हुनुपर्ने धारणा राखे। पछिल्ला दिनमा केही विद्यार्थीमा देखिएका मानसिक तनाब र असावधानीका विषयमा सम्वन्धित निकायको ध्यान जार्नुपर्ने कुरा रेल्टनले बताए।
अन्य विश्वबिद्यालयका प्रतिनिधीहरुले पनि अन्तर्राष्ट्रिय विद्यार्थीका सवालमा शैक्षिक निकायहरुले घरेलु वातावरण र मैत्री ब्यवहार अपनाउँदै स्तरीय शिक्षा प्रदान गर्दै आएको सुनाए।शैक्षिक मेलामा करिब १५ शैक्षिक केन्द्रहरुले आफ्नो स्टल राख्ने छन् र उनीहरुले विध्यार्थीहरुलाई निःशुल्क परामर्श दिने छन्। सोही कार्यक्रममा वेस्टन सिड्नी इन्सीच्युटले एक्सपर्ट एजुकेशनलाई आफ्नो स्पेसल अवार्ड २०१६ वाट समेत सम्मान गरेको थियो। बिशेष सम्मान एक्सपर्टका संजिव शर्माले ग्रहण गरेका थिए।



0 comments