हिमपहिरोले पुरिएको होटलबाट १० जनाको जीवितै उद्धार

10:40 PM

माघ ८ – इटालीमा हिमपहिरोमा पुरिएको होटलबाट १० जनाको जीवितै उद्धार गरिएको छ । उद्धारकर्मीले १० जनालाई शुक्रबार राति जीवितै उद्धार गरेका हुन् । इटालीको एब्रुज्जो क्षेत्रमा रहेको रिगोपिएनो होटल बुधबार हिमपहिरोले पुरिएको थियो । लगातारको भूकम्पपछिको हिमपहिरोका कारण होटल पुरिएको हो । होटलको तल्लो भागमा गएर आगो बाली तातो बनाइ राख्न सफल भएकाले १० जना दुई दिनसम्म जीवित रहन सफल भएका हुन् । 
होटलमा फसेका अरु मानिस पनि जीवित हुन सक्ने र उनीहरुको खोजी भइरहेको उद्धारकर्मीले बताएका छन् । अहिलेसम्म चार जनाको ज्यान गएको पुष्टि भएको छ । अझै २० जना हराइरहेका छन् । हिमपात तथा खराब मौसमका कारण उद्धारकार्य प्रभावित भएको इटालीको पत्रिका ला स्टाम्पाले जनाएको छ । 

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images