४० लाखको कार दीपाश्रीलाई छक्का पञ्जाको उपहार (भिडियोसहित)

7:45 AM

काठमाडौं । चलचित्र छक्का पञ्जाको सफलतासंगै निर्देशक दीपा श्री निरौलाले नयाँ कार किनेका छन् । नक्सालमा रहेको होन्डाइको शो रुमबाट उनले रातो रंगको होन्डाईको आइ ट्वान्टी एक्टिभ किनेका हुन् ।यस अघि सिल्भर रंगको सेन्ट्रो चढ्दै आएकी थिईन् । ज्योतिषिको सल्लाह अनुसार चल्ने दीपाले कार किन्दा पनि ज्योतिषकै भनाई अनुसार रंग छनौट र कारको नम्बर पनि छनौट गरिएको छ ।यहाँ सम्मकी कार भित्र्याउने शुभ साइत अपरान्ह ४ बजे तोकिएको थियो । छक्का पञ्जाको टिमको उपहार हो भनेर हाम्रो प्रश्नमा दीपाले भनिन्, “सबैले माया गरेर यो कार किनिदिनु भएको हो । मलाई यो रंगको कार फाप्छ भनेर नी भन्नु भएको छ । ” कारको मुल्य झण्डै ४० लाख पर्न आउछ ।


You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images