पिसाबले बताउँछ, तपाइँ के खानुहुन्छ

8:49 AM

पिसाबको परीक्षणबाटै मानिसले कस्तो खानेकुरा खाने गरेको छ र उसको स्वास्थ्य कस्तो छ ? भन्ने कुरा पत्ता लगाउन सकिने भएको छ ।
बेलायती वैज्ञानिकहरुले पिसाब परीक्षणको नयाँ पद्धति विकास गरेका छन् । उक्त पद्धतिबाट पिसाबकै परीक्षणका आधारमा व्यक्तिको खानपान तथा स्वास्थ्यका विषयमा जानकारी हासिल गर्न सकिने र खानपानको पोषक तत्वमा सुधारको लागि सल्लाह प्रदान गर्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।साथै पिसाब परीक्षणबाटै व्यक्तिको वजन सन्तुलित छ कि छैन ? वजन कम गर्न आवश्यक छ की छैन ? भन्ने कुरा पनि पत्ता लगाउन सकिन्छ ।
विश्वमा धेरै मानिसहरु आफ्नो खानपानको खराब आदतका कारण विभिन्न खाले स्वास्थ्य समस्याबाट पीडित हुने गरेका छन् । नयाँ विकसित गरिएको पिसाब परीक्षणको विधि उनीहरुका लागि निकै लाभदायक हुने अपेक्षा गरिएको छ ।
अस्वस्थकर खानपान भएका मानिसहरुलाई पिसाब परीक्षणबाटै उनीहरुले खानपानमा कस्तो सुधार गर्नु आवश्यक छ ? भन्ने सल्लाह दिन सकिन्छ ।
विज्ञान सम्बन्धी जर्नल लेसेन्ट डाइबिटिज एण्ड इण्डोक्राइनोलोजीमा छापिएको रिपोर्ट अनुसार यो पिसाब परीक्षणबाट ती रसायनहरुको पहिचान गर्न सकिनेछ जो हाम्रो सरीरमा विभिन्न खानेकुराको सेवनबाट उत्पादन हुन्छन् ।
आगामी दुई वर्षभित्रमा यो पिसाब परीक्षण आम रुपमा प्रयोगमा आउने वैज्ञानिकहरुको विश्वास छ । बीबीसीको सहयोगमा

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images