तेरिया मगरले जितिन् 'झलक दिखला जा’ को उपाधि

6:53 AM

काठमाडौं: नेपाली चेली तेरिया मगर 'झलक दिखला जा’ को सिजन नौमा विजेता बनेकी छन्। कलर्स टेलिभिजनमा प्रशारण हुने यो डान्स रियालिटी सो निकै चर्चित छ। अनलाइन ‘बलिउड लाइफ’ ले जनाएअनुसार उनी अन्य दुई प्रतिस्पर्धीलाई उछिन्दै विजेता बनेकी हुन्।
औपचारिकरुपमा विजेताको रुपमा उनको नाम शनिबार कलर्स च्यानलबाट सार्वजनिक हुनेछ। सो को फाइनलमा नृत्य र भोटिङको आधारमा विजेता छानिएको थियो। उनले सबैभन्दा धेरै भोट प्राप्त गरेकी थिइन्। सलमान युसुफ र सन्तनु महेस्वरी टेरियालाई कडा टक्कर दिएका थिए।
रुद्रपुर रुपन्देही निवासी टेरियाले यस अघि ‘डान्स इन्डिया डान्स’ को उपाधि समेत हात पारेकी थिइन्। यो जितसँगै तेरियाले  ३० लाख भारतीय रुपैयाँ र रेनाल्ड डस्टर ब्राण्डको कार पनि पाउने छिन्। तेरिया मगरले जितिन् 'झलक दिखला जा’ को उपाधि

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images