चीनमा छापिएका हजारका नेपाली नोट आउँदै

9:02 AM

नेपाली आधुनिक मुद्राको इतिहासमा पहिलोपटक चीनमा छापिएका नोटहरु चाँडै नै नेपाल आइपुग्ने भएका छन्। चीनमा छापिएका हजार दरका नोटहरु छापिसकिएको र तीनवटा कन्साइनमेन्टमा आउने त्यसमध्ये पहिलो र दोस्रो काठमाडौंका लागि चीनबाट हिडिसकेका र एकमहिनाभित्र काठमाडौं आइपुग्ने राष्ट्र बैंकका साहयक प्रवक्ता नाराण पौडेलले जानकारी दिए। 
 
 
चीनको नानछाङ सहरबाट काठमाडौंका लागि पानीजहाजबाट नेपालको लागि हिडिसकेका छन्। ८ हजार थान नोटको पहिलो कन्साइनमेन्ट सोमबार नै हिडेको र दोस्रो पनि हिडिसकेको तेस्रो पनि हिड्ने जानकारी पाएको पौडेलले बताए। 
 
नेपाली नोट छाप्नको लागि राष्ट्र बैंकले निकालेको ग्लोबल टेन्डरमा चीनको ‘नानछाङ प्रिन्टिङ कम्पनी लिमिटेड’ छानिएको थियो। 
 
 
    नेपाल राष्ट्र बैंकले नेपाली मुद्रा छाप्नका लागि अन्तर्राष्ट्रिय कोटेसन बिड आव्हान गरेको थियो । विश्वमा मुद्रा छापिरहेका बेलयात, फ्रान्स लगायतका विश्वका अन्य ख्यातिप्राप्त कम्पनीहरुले भाग लिएको सो प्रतिस्पर्धामा चिनियाँ कम्पनी छनोट भएको थियो ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images